काठमाडौंः सिके राउत नेतृत्वको जनमत पार्टीले संविधान संशोधनको माग गरेको छ । संविधान अपुरो भएकैले संस्थागत हुन नसकेको जनमतको निष्कर्ष छ ।
आज एक विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता डा. शरदसिंह यादवले गणतन्त्र, संघीयता, समानुपातिक र समावेशिताका लागि धन्यवाद पनि दिएका छन् ।
“गणतन्त्र संघीयता समानुपातिक समावेशिताका लागि धन्यवाद,” यादवद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, “अपुरो संविधानलाई संशोधन गरी संस्थागत बनाउन सबैको साझा पहलका लागि जोडदार माग गर्दछौँ ।”
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया