काठमाण्डौंः नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठकले सरकारको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको छ। मंगलबार बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकले अहिलेको सरकारको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले काम चित्त बुझाउने खालको नभएकोले आगामी केन्द्रीय समिति बैठकमा यसबारे छलफल गर्ने निष्कर्ष निकालेको जनाइएको छ । यसका लागि शेखर समुहले सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएकाे छ ।
त्यस्तै आजको बैठकले कांग्रेसले नै भ्रष्टाचारविरुद्धको अभियान रोकेको सन्देश जनतामा गएको निष्कर्ष निकालेको छ । साथै बैठकले पार्टी नेताहरुको कारबाही र निलम्बन प्रक्रिया विधान अनुसार गर्नुपर्नेमा त्यसो नभएको पनि निष्कर्ष निकालेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया