श्रावण ४, २०८२ आइतबार July 20, 2025

शिक्षकका जायज माग सम्बोधन गर्न एमालेको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकहरुका जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले आज बिहीवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई ज्ञापनपत्र बुझाउँदै शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरी समस्याको निकास निकाल्दै तत्काल विद्यालय खोल्ने वातावरण बनाउन आग्रह गरेको हो ।

बर्तौलाले तत्काल विद्यालय खोल्ने वातावरण बनाउन शिक्षामन्त्री समक्ष आग्रह गरेको बताउनु भयो । उहाँले सरकारले आन्दोलनरत शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरेर विद्यालय खोल्ने वातावरणको सुनिश्चित गर्न आग्रह गरेको जानकारी दिनुभयो । उहाँले शिक्षकको आन्दोलनमा भएको प्रहरी हस्क्षेपप्रति ध्यानाकर्षण गराउनु भयो । बर्तौलाले सरकारले छिटो भन्दा छिटो आन्दोलनरत शिक्षकसँग वार्तामा आउन र समस्याको निकास खोज्नुपर्ने बताउनु भयो ।

सचेतक बर्तौलाले भन्नुभयो, ‘हामीले शिक्षा मन्त्रीसँग शिक्षक महासंघले गरेको आन्दोलनबारे एमाले संसदीय दलको तर्फबाट केही विषय राख्यौँ । मुलत: विद्यालयहरु बन्द भएको अवस्था छ । तत्काल विद्यालय खोल्ने वातावरण बनाउनु पर्‍यो । त्यसका लागि सरकारले आन्दोलनरत शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरेर विद्यालय खोल्ने वातावरणको सुनिश्चितता गर्नुपर्‍यो । शिक्षकले गरिरहेको आन्दोलनमा जुन तवरबाट प्रहरी हस्तक्षेप भइरहेको छ ।

यसप्रति पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छौँ । यी यस्ता विषयलाई अन्त्य गरेर विद्यालय सञ्चालन हुनुपर्‍यो । शिक्षकहरुका कतिपय जायज मागहरु अविलम्व सम्बोधन गर्नका लागि र विधेयकको अंग बनाएर अगाडी बढ्नको लागि सरकारलाई हामीले औपचारिक आग्रह गर्‍यौं ।

विद्यालय पठनपाठनको सुनिश्चितता अविलम्व हुनुपर्‍यो । त्यसका लागि अविलम्ब आज बेलुकासम्म सरकारको प्रतिवद्धता सम्बन्धित आन्दोलनरत पक्षसँग हुनुपर्‍यो भनेर आयौँ । उहाँले सकारात्मक ढंगबाट हामीले पहल गर्छौं । कतिपय जायज मागहरु यहाँहरुले दिएको सुझावका आधारमा अघि बढ्न तयार छौँ भन्नुभयो । अपेक्षा गरौं केही सकारात्मक परीणाम आउनेछ ।’

सचेतक बर्र्तौलाले जवाफमा शिक्षामन्त्री राईले शिक्षकका माग सम्बोधनका लागि सकारात्मक ढंगले पहल गरेको बताउनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार