श्रावण ६, २०८२ मंगलबार July 22, 2025

ताइवानको गल्फ बल कारखानामा आगलागी हुँदा छ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ताइवानको एक गल्फ बल कारखानामा भएको विस्फोटमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझदेखि शुरु भएको आगलागीमा परी १०० भन्दा बढी घाइते भएको पिङटुङ काउन्टी सरकारले स्थानीय सञ्चारमाध्यमलाई जानकारी गराएको छ ।

आगलागी नियन्त्रणका क्रममा खटिएका एक अग्निनियन्त्रक र अन्य तीन जना हराइरहेका छन् ।

ताइवानकी राष्ट्रपति साई इङ–वेनले शनिबार बिहान घटनास्थलको भ्रमण गरी मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Taiwan golf ball factory fire kills at least six - CNA

राष्ट्रपति साईले आपतकालीन प्रतिक्रिया कर्मचारीहरूलाई सङ्केत गर्दै भन्नुभयो, “म सबैलाई उनीहरूको कडा परिश्रमको लागि धन्यवाद दिन चाहन्छु र सुरक्षित रहेर उद्धारमा खटिन निर्देशन दिन्छु ।”

उहाँले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्न मुर्दाघरमै र घाइतेहरूलाई भेट्न अस्पताल पुग्नुभएको थियो ।

Taiwan factory fire leaves at least six dead, more than 100 injured - ABC  News

पिङटुङ फायर डिपार्टमेन्टका एक अधिकारीले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार कारखानाभित्र भण्डारण गरिएको रासायनिक पेरोक्साइडका कारण एउटा ठूलो र धेरै साना विस्फोट भएको हुन सक्छ ।

विस्फोटका कारण कारखानाको छतको एक भाग ढलेको थियो जसका कारण धेरै मानिस भित्र फसेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार