श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नाइजेरियाली विश्वविद्यालयमा बन्दुकधारीद्वारा दर्जनौं व्यक्तिको अपहरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नाइजेरियाको उत्तरपश्चिमी राज्यको जाम्फारा राज्यको एक विश्वविद्यालय र आसपासमा बन्दुकधारीले आक्रमण गरी कम्तीमा २४ छात्रासहित ३० जनाभन्दा बढीलाई अपहरण गरेको त्यहाँका बासिन्दाले शनिबार बताएका छन् ।

जाम्फारा राज्यको राजधानी गुसाउबाहिर रहेको एक संघीय विश्वविद्यालयको किनारामा रहेको साबोन गिडा गाउँमा शुक्रबार आपराधिक लुटेरा समूहका दर्जनौँ बन्दुकधारीले आक्रमण गरी तीन वटा महिला छात्रावासमा पसेर त्यहाँ बस्नेहरूलाई लगेको स्थानीयले एएफपीलाई बताएका छन् ।

राष्ट्रपति बोला अहमद तिनुबु सत्तामा आएयता देशको सुरक्षा चुनौतीको सामना गर्ने वाचा गर्दै कुनै कलेजमा भएको यो पहिलो सामूहिक अपहरण हो ।

साबोन गिडाका बासिन्दा सहबी मउसाले भन्नुभयो, “लुटेराहरू मोटरसाइकलमा आएका र सरासर झ्यालहरू फोेरेर होस्टलका कोठाहरूमा पसेका थिए ।

होस्टल नजिकै बस्ने मउसाले भने, “उनीहरूले कम्तीमा २४ जना छात्रालाई होस्टलबाट लगेका थिए, अपहरितमध्ये दुई जना होस्टेलमा हल्ला भएपछि हेर्न पुगेका छिमेकी र एक जना विश्वविद्यालयका कर्मचारी (सदस्य) रहेका थिए ।”

स्रोतका अनुसार २० किलोमिटर टाढा गुसाउबाट तैनाथ सैनिकले आक्रमणकारीलाई मुठभेडमा संलग्न गराएका थिए तर अपहरणकारीको एक समूहले बन्धकहरूलाई भगायो र अर्को समूह सैनिकसँग भिडेको थियो ।

आक्रमणपछि अनलाइनमा शेयर गरिएको एउटा भिडियोमा एउटा होस्टलको कोठामा तोडफोड गरिएको र झ्यालहरू फुटाइएको वा भत्काइएको देखाइएको छ ।

जाम्फारा राज्यका प्रहरी प्रवक्ता याजिद अबुबकरले आक्रमणको पुष्टि गरे पनि विस्तृत विवरण दिन अस्वीकार गर्दै बन्दीहरूलाई मुक्त गर्न सुरक्षाकर्मीले काम गरिरहेको बताउनुभयो ।

सेनाका एक अधिकारीका अनुसार नजिकैको शहर साफ नजिकैको जङ्गलमा आक्रमणकारीसँग भिडन्त भएको र समाचार तयार पार्दासम्म सैन्य कारबाही जारी रहेको छ ।

उत्तर पश्चिमी र मध्य नाइजेरियाका धेरै राज्यहरूमध्ये जाम्फारा पनि एक हो जसलाई डाकुहरूले आतङ्कित पारेका छन् जसले गाउँहरूमा आक्रमण गर्छन्, बासिन्दाहरूलाई मार्छन् र अपहरण गर्छन् र उनीहरूलाई लुटेपछि घरहरू जलाउँदछन् । एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार