श्रावण ६, २०८२ मंगलबार July 22, 2025

चिनियाँ कोइला खानीमा आगलागी हुँदा सोह्र जनाको मृत्यु

सामान बोक्न जोडिएको घिर्नीलाई घुमाउने फित्तामा आगो लागेको प्रारम्भिक अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनको दक्षिणपश्चिमी क्विचोमा रहेको शान्जियाओशु कोइला खानीमा स्थानीय समयअनुसार आइतबार बिहान ८ः१० बजे आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

पानझोउ नगर प्रशासनले आफ्नो वेबसाइटमा पोस्ट गरेको सूचनामा भनिएको छ, “आगो निभाइएको छ तर प्रारम्भिक अनुसन्धानले खानीमा रहेका १६ जना जीवित रहेको कुनै लक्षण देखिएको छैन ।”

अधिकारीहरूले सामान बोक्न जोडिएको घिर्नीलाई घुमाउने फित्तामा आगो लागेको प्रारम्भिक अनुमान गरिएको थियो ।

राजधानी बेइजिङबाट करिब तीन हजार ६०० किलोमिटर दक्षिणपश्चिममा रहेको पानझोउ नगरमा उक्त खानी अवस्थित छ ।

हालैका दशकहरूमा चीनमा खानी क्षेत्रको सुरक्षामा सुधार भएको छ । प्रायः सुरक्षा नियम उल्लङ्घनका कारण विशेष गरी सबैभन्दा महत्वपूर्ण खानीस्थलहरूमा दुर्घटनाहरूले अझै पनि अक्सर उद्योगलाई सताउँछन् ।

गत फेब्रुअरीमा उत्तरी भित्री मङ्गोलिया क्षेत्रमा कोइला खानी भत्किँदा दर्जनौं मानिस र सवारी साधनहरू भग्नावशेषमुनि पुरिएका थिए ।

अधिकारीहरूले महिनौंसम्म मृतकको अन्तिम सङ्ख्या सार्वजनिक गरेनन्, तर जुनमा मात्र ५३ जनाको मृत्यु भएको खुलासा गरेका थिए ।सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार