काठमाण्डौंः कञ्चनपुरमा एक वृद्धको बसको ठक्करबाट मृत्यु भएको छ। जिल्लाको भीममदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालका ६५ वर्षीय धनगिरी भुलको मंगलबार दिउँसो मृत्यु भएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार उनको सु.प.प्र. ०२००१ क ४८८ नम्बरको बसको ठक्करबाट मङ्गलवार दिउँसो मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया