श्रावण ६, २०८२ मंगलबार July 22, 2025

इन्धनको मूल्य वृद्धि रोक्न पुटिनको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले निर्यात प्रतिबन्धका बावजुद पनि थोक पेट्रोलको मूल्य निरन्तर बढ्दै गएकाले इन्धनको मूल्य वृद्धिप्रति ‘तत्काल’ थप प्रतिक्रिया दिन सरकारसँग आग्रह गरेका छन् ।

रूसी सरकारले गत हप्ता घरेलु बजारलाई ‘स्थिर’ बनाउन पेट्रोल र डिजेल इन्धनको निर्यातमा अस्थायी रूपमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । पुटिनले भने, “हामी प्रस्तावित उपायहरूले काम गर्ने तथ्यमा भरोसा गर्नेछौं र मूल्य घटाउनका लागि तेल कम्पनीहरूसँग अझ नजिकबाट काम गर्न सरकारलाई आह्वान गर्दछौं ।”

पुटिनले आफ्नो मन्त्रीपरिषद्का सदस्यहरूसँग भने, “हामीले उनीहरूलाई सावधानीपूर्वक व्यवहार गर्नुपर्छ, तर पनि म तपाईंहरूलाई भइरहेका घटनाहरूप्रति तत्काल प्रतिक्रिया जनाउन आग्रह गर्दछु ।”

गत साता उच्च स्तरमा पुगेकोे रूसी पेट्रोलको बजार मूल्य निर्यात प्रतिबन्धका बावजुद मङ्गलबार फेरि वृद्धि भएको छ ।

कमजोर रूबल, विश्वव्यापी तेलको मूल्यमा वृद्धि र तेल प्रशोधन कम्पनीहरूमा मर्मत कार्यले आपूर्तिमा आएको न्यूनता मूल्य वृद्धिको कारण भएको विश्लेषकहरूले औंल्याएका छन् ।

केही क्षेत्रका किसानले कृषि यन्त्रका लागि आवश्यक पर्ने इन्धनको अभावका कारण अन्न बाली काट्न नपाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

रूसको केन्द्रीय बैंकले सन् २०२३ को उत्तराद्र्धमा आर्थिक वृद्धि दर सुस्त हुने चेतावनी दिएपछि इन्धनको मूल्य वृद्धि भएको हो ।

रूसी अधिकारीहरूले लगातार उच्च मुद्रास्फीति र कमजोर रूबलको बावजुद युक्रेनमा मस्कोको सुस्त आक्रमणबाट परेको आर्थिक प्रभावलाई धेरै हदसम्म बेवास्ता गरेका छन् । एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार