श्रावण ६, २०८२ मंगलबार July 22, 2025

तासकन्द विमानस्थल नजिकै गोदाममा विस्फोट, एकको मृत्यु, दर्जनौँ घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उज्बेकिस्तानको राजधानी तासकन्दस्थित विमानस्थल नजिकैको गोदाममा गएराति भएको विस्फोटमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै एक सयभन्दा बढी घाइते भएको मध्य एसियाली मुलुक उज्बेकिस्तानका अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

“विष्फोटमा परी १७ बर्षीय एक किशोरको मृत्यु भएको छ,” उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले टेलिग्राममा भनेको छ । मन्त्रालयका अनुसार उक्त घटनामा थप १६२ जना घाइते भएका छन् ।

आपतकालीन व्यवस्था मन्त्रालयले शक्तिशाली चट्याङका कारण विमानस्थल क्षेत्रको गोदाममा ‘आगो लागेपछि विस्फोट भएको’ जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकामध्ये १३८ जना सामान्य घाइते भएका छन् भने अन्य २४ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएका भिडियोमा आगोको ज्वाला र धुवाँको मुस्लो रातको आकाशमा माथिसम्म पुगेको देखिएको छ ।

विस्फोटबाट आसपासका केही घरका झ्यालहरू फुटेका थिए भने भित्री भागमा क्षति पुगेको थियो ।

घटनास्थलमा रहेका एएफपीका एक सम्वाददाताका अनुसार उद्धारकर्मीले आगलागीको केही घण्टापछि आगो नियन्त्रणमा लिएको र उद्धारमा खटिएका एक एम्बुलेन्सका घाइते कर्मचारीलाई बाहिर निकालेका छन् । पनि विस्फोटको आवाज आगलागी भएको केही घण्टापछि पनि सुनिएको थियो ।

उज्बेकिस्तानको राष्ट्रिय समाचार संस्था उजाका अनुसार देशको सबैभन्दा ठूलो विमानस्थल आगलागीपछि पनि सामान्य रूपमा सञ्चालनमा छ ।

उज्बेकिस्तान मध्य एसियाली पूर्व सोभियत गणराज्यहरूमध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो । पुराना उपकरण र सुरक्षा मापदण्डको पालना नहुनुका कारण आगलागी हुनुलाई यहाँ सामान्य र नियमित घटनाका रूपमा हेरिन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार