श्रावण ६, २०८२ मंगलबार July 22, 2025

न्युयोर्कमा ८० वर्षपछि सबैभन्दा धेरै वर्षा, आपतकालकाे घोषणा

न्युयोर्कको लागार्डिया एयरपोर्टको टर्मिनल पनि बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारी वर्षाले न्युयोर्कमा बाढीको अवस्था सिर्जना भएको छ । शुक्रबार देखी परेको पानी पछिल्लो दशकमा एकै दिनमा भएको सबैभन्दा बढी हो । सहरका धेरै सब वे र रेल लाइनहरू बाढीले डुबानमा परेका छन् भने सामान्य जनजीवन नराम्ररी प्रभावित भएको छ। सहरका धेरै तल्लो क्षेत्र पानीले भरिएका छन्।

न्युयोर्कको लागार्डिया एयरपोर्टको टर्मिनल पनि बन्द गर्नु परेको छ । न्यूयोर्कको ब्रुकलिनमा करिब ७ इन्च पानी परेको अमेरिकी मौसमविद्हरूले बताएका छन् । केही स्थानमा एक घण्टामा साढे दुई इन्च पानी परेको थियो । जोन एफ केनेडी एयरपोर्ट क्षेत्रमा करिब आठ इन्च वर्षा भयो, जुन सेप्टेम्बर महिनाको रेकर्ड वर्षा हो।

New York City area under state of emergency after storms flood subways,  strand people in cars - The Globe and Mail

यसअघि सन् १९६० मा डोना चक्रवातमा यति धेरै वर्षा भएको थियो । दुई वर्षअघि चक्रवाती आँधी इडाका कारण उत्तरपूर्वी क्षेत्रमा भारी वर्षाका कारण करिब १३ जनाको ज्यान गएको थियो । वर्षाका कारण अहिलेसम्म कुनै मानवीय क्षतिको खबर नआए पनि यसले जनताका दुई वर्ष पुरानो डरलाग्दो सम्झना पक्कै ताजा बनाएको छ ।

न्यूयोर्कका गभर्नर र मेयरले आपतकालको घोषणा गरेका छन् र मानिसहरूलाई प्रभावित क्षेत्रहरूबाट टाढा रहन अपील गरेका छन्। भारी वर्षाका कारण म्यानहट्टनबाट जाने मेट्रो–उत्तर रेलमार्ग बन्द गर्नु परे पनि साँझबाट पुनः सञ्चालनमा आएको थियो । सडकमा पानी जमेकाले सार्वजनिक यातायात पनि ठप्प भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार