श्रावण ६, २०८२ मंगलबार July 22, 2025

पाकिस्तान विस्फोट : चिनियाँ राष्ट्रपति स्तब्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनका राष्ट्रपति सी चिनफिङले पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीलाई शुक्रबार पाकिस्तानको बलुचिस्तान प्रान्तमा एक मस्जिद नजिक भएको विस्फोटमा ठूलो मानवीय क्षति भएकामा आफू स्तब्ध भएको बताउँदै उनीप्रति सहानुभूति प्रकट गरेका छन् ।

चीन सरकार र जनताका तर्फबाट राष्ट्रपति सीले राष्ट्रपति अल्वीलाई विस्फोटमा ज्यान गुमाएकाहरूका परिवारप्रति गहिरो शोक व्यक्त गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

चिनियाँ राष्ट्रपतिले सबै किसिमका आतङ्कवादका रुप र प्रकटीकरणको दृढतापूर्वक विरोध गर्ने, राष्ट्रिय स्थायित्व एवं सुरक्षा कायम गर्ने पाकिस्तानको प्रयासमा चीनले दृढतापूर्वक सहयोग गरिरहने प्रतिबद्धता सन्देशमा व्यक्त गरेका छन् । चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि पाकिस्तानका कामचलाउ सरकारका प्रधानमन्त्री अनवर–उल–हक काकरप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

बलुचिस्तानको दक्षिणपश्चिमी मस्तुङ जिल्लामा पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी गराइएको विस्फोटमा ५२ जनाको मृत्यु भएको थियोभने अन्य ५० जनाभन्दा बढी घाइते भएका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार