मंसिर २५, २०८० सोमबार December 11, 2023

प्रतिबन्धित लागु औषधसहित २ युवायुवती होटलबाटै पक्राउ

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः झापामा प्रतिबन्धित लागु औषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार अपरान्ह ४ : ३० बजे जिल्लाको बिर्तामोड नगरपालिका ५ को त्रिवेणी होटल एण्ड लजबाट २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बिर्तामोड ४ का २१ वर्षीय उत्तम दर्जी र इलामा सुर्योदय नगरपालिका २ घर बताउने २० वर्षीय सन्ध्या विश्वकर्मा रहेका छन् । उनीहरुको साथबाट प्रहरीले १ ग्राम, ९०० सय मिलिग्राम ब्राउन सुगर, ३ थान मोबाइल र ५ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले टोलीले सो होटलमा खानतलासी गरेको थियो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया