श्रावण ६, २०८२ मंगलबार July 22, 2025

माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित हुनुभएको छ । बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु निर्वाचित हुनुभएको हो ।

माल्दिभ्सको प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पिपीएम) का उम्मेदवार मोहम्मद मुइज्जुले शनिबार भएको निर्वाचनमा सोलिहलाई पराजित गर्नुभएको हो । पहिलो चरणमा कुनै पनि उम्मेदवारले स्पष्ट जित हासिल नगरेपछि दोस्रो चरणको मतदानमा उहाँले जित हात पार्नुभएको हो । उहाँले ५३ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

लोकतन्त्र सुदृढ भइनसकेको हिन्द महासागरको टापु राष्ट्र माल्दिभ्सले चीनसँगको नयाँ र भारतसँगको परम्परागत सम्बन्धलाई अब कसरी अघि बढाउँछ भन्नेमा धेरैको चासो बढेको छ । राजनीतिक विश्लेषकहरूले नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुको कूटनीतिक परीक्षण हुने बताएका छन् ।

नेता मुइज्जु चिनियाँ ऋण स्वागत गर्ने र यसअघि सत्तामा हुँदा असहमतमाथि दमन गर्ने व्यक्तिका रुपमा परिचित हुनुुहुन्छ ।

देशको राष्ट्रपति निर्वाचित भएपछि आफ्नो पार्टीको मुख्यालयमा मन्तव्य व्यक्त गर्दै आफूलाई मतदान गर्ने सबैप्रति कृतज्ञता ज्ञापन गर्नुभएको छ । राष्ट्रपति निर्वाचित मुइज्जुले भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय भोगिरहेका पूर्वराष्ट्रपति अब्दुल्ला यामीनलाई रिहा गर्न सरकारलाई आग्रह गर्नुभयो ।

मुइज्जु हाल राजधानी मालेको नगरप्रमुख हुनुहुन्छ । उहाँले बेलायतको युनिभर्सिटी अफ लिड्सबाट सिभिल इन्जिनियरिङमा विद्यावारिधि गर्नुभएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिमा मुइज्जु विजयी भएकामा उहाँलाई बधाई दिनुभएको छ । “माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएकोमा उहाँलाई बधाई एवं शुभकामना । भारत–माल्दिभ्स द्विपक्षीय सम्बन्धलाई बलियो बनाउन तथा हिन्द महासागर क्षेत्रमा समग्र सहयोग अभिवृद्धि गर्न भारत प्रतिबद्ध छ,” उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार