मंसिर २५, २०८० सोमबार December 11, 2023

एमाले कोशी प्रदेश अधिवेशनको मतदान सकियो

९९७ प्रतिनिधिमध्ये ९७७ जनाले मात्र मतदान गरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ।आइतवार राति १० बजेदेखि शुरू भएको मतदान सोमबार बिहान ५ बजे सकिएको हो ।

निर्वाचन कमिटीका अध्यक्ष चुणामणि आचार्यका अनुसार ९९७ प्रतिनिधिमध्ये ९७७ जनाले मात्र मतदान गरे । अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाले प्रतिस्पर्धा गरेका छन् ।

शुक्रबारदेखि शुरू भएको अधिवेशनले २१५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । मतगणना भने दिउँसोबाट मात्रै शुरू हुने निर्वाचन कमिटीले जनाएको छ ।

आइतबार दिउँसो १ बजेबाट सुरु गर्ने भनेको मतदानको समय तयारी नपुगेको भन्दै पटक–पटक समय सारेर आइतबार राति साढे १० बजेबाट मात्र सुरु गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया