श्रावण ३, २०८२ शनिबार July 19, 2025

विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख नाघ्यो, ७० लाख ३६ हजार बढी संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्व महामारीको रुपमा फैलिएको (कोभिड-१९) कोरोना भाइरस संक्रमणका कारण विश्वभर ४ लाख ३ हजार ३३२ को ज्यान गइसकेको छ । वल्र्डोमिटर्सको ताजा अपडेट अनुसार हालसम्म विश्वरभर कोरोना संक्रमितहरुको संख्या ७० लाख ३६ हजार ८०५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ३४ लाख ४१ हजार ८११ कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भइसकेका छन् । त्यस्तै, हालसम्म ३८ लाख ४५ हजार १४३ वटा कोरोनाका केसहरु बन्द भइकसेका छन्, भने ३१ लाख ९१ हजार ६६२ वटा कोरोना भाइरसका केसहरु सक्रिय छन् ।

कोरोना संक्रमणका कारण विश्वमा सबै भन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित बनेको छ । हालसम्म अमेरिकामा मात्रै सबै भन्दा बढी १ लाख १२ हजार २०५ कोरोना संक्रमितहरुको ज्यान गइसकेको छ । संक्रमितको संख्या १९ लाख ९६ हजार ४९७ पुगेको छ । यसैबीच अमेरिकामा ७ लाख ५२ हजार ९२१ जना कोरोना संक्रमितहरु निको भइसकेका छन् ।

त्यस्तै, ब्राजिलमा पनि कोरोना संक्रमितहरुको ६ लाख ७७ हजार ९४९ पुगेको छ । जसमध्ये, ३६ हजार ६५ कोरोना संक्रमितहरुको ज्यान गइसकेको छ, भने ३ लाख २ हजार ८४ जना कोरोना संक्रमितहरु निको भइसकेका छन् ।

यता रसिया कोरोना संक्रमितहरुको संख्या ४ लाख ६७ हजार ६७३ पुगेको छ । यसैबीच ५ हजार ८५९ जना कारोना संक्रमितहरुको ज्यान गइसकेको छ, भने २ लाख २६ हजार ७३१ जना कोरोना संक्रमितहरु निको भइसकेका छन् ।

त्यस्तै, स्पेनमा पनि २ लाख ८८ हजार ३९० कोरोना संक्रमितहरु पुगेको छन् । जसमध्ये २७ हजार १३५ संक्रमितहरुको ज्यान गइकसेको छ । यूकेमा पनि कोरोना संक्रमितहरुको संख्या २ लाख ८६ हजार १९४ पुगेको छ । यसैबीच ४० हजार ५४२ संक्रमितहरुको ज्यान गइसकेको छ ।

सबै भन्दा बढी कोरोना प्रभावित देशमा छिमेकी राष्ट्र भारत छैंटौं स्थानमा आइपुगेको छ । हालसम्म भारतमा कोरोना संक्रमितहरुको संख्या २ लाख ५६ हजार ५६३ पुगेको छ । जसमध्ये ७ हजार १७४ कोरोना संक्रमितहरुको ज्यान गइसकेको छ । यसैबीच १ लाख २घ हजार ३४२ संक्रमितहरु निको भइसकेका छन् ।

यसैक्रममा इटाली, पेरु, जर्मनी, इरान, टर्की, फ्रान्स, चिली, म्याक्सिको, साउदी अरेबिया, चीनलगायतका देशमा पनि लाखौं कोरोना संक्रमितहरु रहेका छन्, भने हजारौं संक्रमितहरुको ज्यान गइसकेको छ ।

यसैक्रममा नेपालमा पनि कोरोना संक्रमितहरुको संख्या ३ हजार ४४८ पुगेको छ । जसमध्ये ४ सय ६७ जना संक्रमितहरु निको भइसकेका छन् भने, १३ जना संक्रमितहरुको ज्यान गइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया