श्रावण ३, २०८२ शनिबार July 19, 2025

ड्राइभिङ लाइसेन्सको आवेदन र नवीकरण दस्तुर अनलाइनबाटै तिर्न सकिने

दाेस्राे चरणमा दशैंपछि उपत्यकाका यातायात व्यवस्था कार्यालय र तेस्राे चरणमा देशैभर याे सेवा लागू हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अब सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन र नवीकरण दस्तुर अनलाइनबाट तिर्न सकिने भएको छ ।​ पहिलाे चरणमा ललितपुरस्थित यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट याे सेवा सञ्चालन हुन लागेकाे हाे ।

बिहीवार एक कार्यक्रम गर्दै अनलाइन माध्यमबाट राजस्व भुक्तानी गर्न सकिने सेवाको उद्घाटन गर्न लागेको उक्त कार्यालयका प्रमुख राजकुमार कपालीले जानकारी दिए । उनका अनुसार दाेस्राे चरणमा दशैंपछि उपत्यकाका यातायात व्यवस्था कार्यालय र तेस्राे चरणमा देशैभर याे सेवा लागू हुनेछ ।

“सवारी चालक अनुमति पत्रका लागि व्यक्ति आफैंले अनलाइन फाराम भरेजस्तै रकम पनि अनलाइनबाटै भुक्तानी गर्न सकिने सेवा सुरु हुँदैछ,” कपालीले टेकपानासँग भने, “त्यसपछि सेवाग्राहीले अनलाइनबाटै रकम भुक्तानी गर्न सक्नेछन् भने कार्यालयमा बायोमेट्रिक्स र मेडिकलका लागि मात्र उपस्थित हुनुपर्नेछ ।”

अनलाइन माध्यमबाट भुक्तानी गर्न सकिने सेवा सुरु भएपछि कार्यालयमा कामको भार ५० प्रतिशतले घट्ने उनको विश्वास छ । उनका अनुसार सवारी चालक अनुमति पत्र नवीकरण र सवारी चालक अनुमति पत्रको नयाँ फाराम भरिसकेपछि बुझाउनुपर्ने ५०० रुपैयाँ अनलाइन प्रणालीबाटै भुक्तानी गर्न सकिनेछ ।

“त्यसको केही समयपछि नै ट्रायल पास भइसकेका सेवाग्राहीको रकम पनि अनलाइनबाटै भुक्तानी गर्न सकिने कामको तयारी भइरहेको छ,” उनले भने, “एक वर्ष भित्रमा यस कार्यालयमा नगद भुक्तानी गर्नै नपर्ने अवस्था सिर्जना गर्नेगरी काम भइरहेको छ ।” टेकपानाको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार