श्रावण ३, २०८२ शनिबार July 19, 2025

कात्तिक ७ देखि यी फोनमा चल्ने छैन ह्वाट्सएप, कतै तपाईँको त परेन ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आगामी कात्तिक ७ (अक्टोबर २४) देखि केही पुराना एन्ड्रोइड तथा आईफोन माेडेलमा ह्वाट्सएप नचल्ने भएको छ । ह्वाट्सएपले आफ्नो ‘हेल्प सेन्टर’मा यसबारे लेख्दै जानकारी दिएको हो ।

आफूले पछिल्लो अपरेटिङ सिस्टम प्रयोग गर्ने प्रयोगकर्ताका लागि नयाँ फिचर विकास गर्नुपर्ने बताउँदै ह्वाट्सएपले एन्ड्रोइड ओएस ४.१ र आईओएस ११ भन्दा पुराना फोनहरूमा ह्वाट्सएप बन्द गर्ने जनाएको छ ।

त्यस्तै नवीनतम् प्रविधिमा थप सुरक्षाका मापदण्डहरू हुने र तिनको फाइदा लिनु पर्ने भएकाले पनि आफूले पुरानो अपरेटिङ सिस्टममा एप बन्द गर्न लागेको ह्वाट्सएपकाे भनाइ छ ।

यद्यपि सपोर्ट बन्द गर्नुअघि कम्पनीले ती फोन प्रयोगकर्तालाई यसबारे सूचित गर्नेछ । त्यसपछि भने ह्वाट्सएपका डेभलपरले ती डिभाइसमा प्राविधिक सहयोग तथा अपडेट पठाउन छाड्नेछन् । त्यसो हुँदा डिभाइसको अपरेटिङ सिस्टमले नयाँ अपडेट, नयाँ फिचर तथा समाधान गरिएका बगहरूको अपडेट पाउने छैनन् ।टेकपाना

यदि तपाईंसँग पनि तल उल्लेखित फोनहरू छ भने तिनमा आगामी कात्तिक ७ देखि ह्वाट्सएप चल्ने छैनन्:

  • Samsung Galaxy S2
  • Nexus 7
  • iPhone 5
  • iPhone 5c
  • Archos 53 Platinum
  • Grand S Flex ZTE
  • Grand X Quad V987 ZTE
  • HTC Desire 500
  • Huawei Ascend D
  • Huawei Ascend D1
  • HTC One
  • Sony Xperia Z
  • LG Optimus G Pro
  • Samsung Galaxy Nexus
  • HTC Sensation
  • Motorola Droid Razr
  • Sony Xperia S2
  • Motorola Xoom
  • Samsung Galaxy Tab 10.1
  • Asus Eee Pad Transformer
  • Acer Iconia Tab A5003
  • Samsung Galaxy S
  • HTC Desire HD
  • LG Optimus 2X
  • Sony Ericsson Xperia Arc3

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार