श्रावण ३, २०८२ शनिबार July 19, 2025

भिभोको बहुप्रतिक्षित भी २९ ई फाइभजी सार्वजनिक हुँदै

भी२९ई फाइभजी स्मार्टफोनमा ४८०० एमएएच ब्याट्री र ४४वाट फ्ल्यासचार्ज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः विश्वव्यापी प्रख्यात टेक्नोलोजी ब्रान्ड भिभोले आफ्नो फ्ल्यागशिप भी सिरिजअन्तर्गत नयाँ स्मार्टफोन रिलीज गर्ने मिति सार्वजनिक गरेको छ ।

केही समय अगाडी भिभोले भी २९ फाइभजी सफलतापूर्वक सार्वजनिक गरेपछि, भिभोले बहुप्रतिक्षित भी २९ ई फाइभजी सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यो नयाँ स्मार्टफोनको समावेशले भिभोको उत्पादन दायरालाई फराकिलो बनाउँदै, नवीनतामा केन्द्रित हुने कम्पनीको अटल प्रतिबद्धतालाई जोड दिएको छ । भिभो भी२९ई फाइभजीले उत्कृष्ट क्यामेरा सेटअप, लक्जरियस डिजाइनको साथै मोबाइल टेक्नोलोजी र भिजुअल अपिएरेन्शको नयाँ मापदण्डहरू कायम गर्दछ ।

भिभो भी२९ई फाइभजीमा तीव्र डाउनलोडहरू, स्मुद स्ट्रिमिङ, र ल्याग–फ्रि गेमिङ लगायतका आकर्षक विशेषताहरु छन् । यसको एक्सक्लुसिभ स्मार्ट औरा लाइट टेक्नोलोजीमा स्मार्ट कलर टेम्प्रेचर एडजस्टमेन्ट राखिएको छ जसले कम प्रकाशमा पनि उत्कृष्ट र शार्प पोट्र्रेहरू सुनिश्चित गर्दछ । यसको साथै भी २९ ई फाइभजीमा सुपर नाइट मोड, सुपर मुन मोड लगायत ५० एमपी एचडी फ्रन्ट क्यामेरा रहेको छ जसले आकर्षक र उत्कृष्ट तस्वीरहरु खिच्न मद्दत गर्दछ ।

भिभो भी २९ ई मा १२० हर्ज एमोलेड डिस्प्ले र स्लिम फ्ल्याट फ्रेम रहेको छ । यसको रोज गोल्ड भेरियन्टमा लक्जुरियस अनुभवका लागि नानो–स्केल फोटोएचिङ प्रविधि रहेको छ । साथै फरेस्ट ब्ल्याक भेरियन्टमा थप सुन्दरताका लागि फ्लोराइट एजी ग्लास रहेको छ ।

भी २९ ई फाइभजी को बारेमा भिभो नेपालका जनरल म्यानेजर माईकल भन्छन्, “हामीले भिभो भी२९ई फाइभजी सार्वजनिक गर्दै कोसेढुङ्गाको रुपमा कनेक्टिभिटी र नवीनताको नयाँ युगको शुरु गरेका छौं । यो उत्कृष्ट उपकरणले नयाँ बेन्चमार्क सेट गर्दै अत्याधुनिक प्रविधिको साथमा सुरुचिपूर्ण डिजाइनमार्फत उत्कष्ट मोबाइल अनुभव प्रदान गर्दछ । हामी प्रयोगकर्ताहरूलाई धेरै कुराहरु गर्न मिल्ने, कनेक्ट गर्न मिल्ने र हरेक क्षणमा धेरै नयाँ अनुभवहरु बटुल्न सकिने उपकरण प्रदान गर्न पाउँदा निकै खुशी छौं ।”

यो स्मार्टफोनमा ४८०० एमएएच ब्याट्री र ४४वाट फ्ल्यासचार्ज रहेको छ, जसले प्रयोगकर्ताहरूलाई दिनभर निर्धक्क भएर काम गर्न र उत्पादनशील रहन मद्दत गर्दछ । यसको इन्टेलिजेन्ट चार्जिङ सिस्टमले निर्बाध प्रयोगकर्ता अनुभव प्रदान गर्दै सहज कार्यसम्पादनको प्रदान गर्दछ । भी२९ई फाइभजीमा क्वालकम स्न्यापड्रेगन ६९५ प्रोसेसर र फाइभजी कनेक्टिभिटी रहेको छ जसले तीव्र गतिमा सहज मल्टिटास्किङ, र स्वीफ्ट डाउनलोडहरू, हाई–डेफिनिशन स्ट्रिमिङ, र भिडियो कलहरूको लगायतका आकर्षक विशेषताहरु प्रदान गर्दछ ।

भी२९ई फाइभजी भिभोको फ्ल्यागशिप स्माटफोन हो जसले असाधारण कार्यसम्पादन र अत्याधुनिक क्यामेरा क्षमताहरू प्रदान गर्दछ । यो स्मार्टफोनले प्रयोगकर्ताको अनुभव र जीवनशैली वृद्धि गर्दै नयाँ बेन्चमार्क सेट गर्नेछ । प्रयोगकर्ताहरुले यो बहुप्रतिक्षित नयाँ भी२९ई फाइभजीको यहीँ कात्तिक १६ (नोभेम्बर) देखि कात्तिक १९ (नोभेम्बर) सम्म प्रि–बुकिङ्ग गर्न सक्नेछन् भने कात्तिक २० गते अर्थात ६ नोभेम्बर, २०२३ मा यो फोन सार्वजनिक हुदैँछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार