श्रावण ३, २०८२ शनिबार July 19, 2025

एम थ्री चिपको प्रयोग गरिएको एप्पलको नयाँ आइप्याक कम्प्युटर सार्वजनिक

२४ इन्चको रेटिना डिस्प्लेयुक्त यो आइम्याक एम थ्रीको मूल्य कति ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकी कम्पनी एप्पलले २४ इन्चको नयाँ आइप्याक कम्प्युटरको सार्वजनिक गरेको छ ।

सन् २०२१ मा सार्वजनिक भएको आइम्याककै अद्यावधिक संस्करणको रुपमा रहेको यो कम्युटरमा एम थ्री चिपको प्रयोग गरिएको छ । त्यसैले यो कम्प्युटरको स्पीड अघिल्लो संस्करणको तुलनामा दोब्बर रहेको दाबी एप्पलको छ ।

एप्पलले ८ कोर तथा १० कोर जिपियु गरी दुई मोडेल ल्याएको छ । नयाँ आइम्याकको स्पीड अघिल्लो संस्करणको तुलनामा दोब्बर हुनुका साथै ऊर्जा दक्षतामा पनि अधिक रहेको बताइएको छ । २४ इन्चको रेटिना डिस्प्लेयुक्त यो आइम्याक एम थ्रीको ८ कोर जिपियु मोडेलमा अक्टाकोर सिपियु, ८ जिबी र्याम र २५६ जिबी एसएसडी स्टोरेज उपलब्ध छ। साथै यसमा दुईवटा थन्डरबोल्ट पोर्ट, म्याजिक किबोर्ड तथा म्याजिक माउस नि हरेको छ । यसको मूल्य १२ सय ९९ डलर तोकिएको छ ।

24-inch iMac | M1, Colors, Features

त्यस्तै १० कोर जिपियु मोडेलमा पनि अक्टाकोर सिपियु, ८ जिबी र्याम तथा २५६ जिबी एसएसडीका साथै दुई थन्डरबोल्ट पोर्ट, दुईवटा अतिरिक्त युएसबी थ्री पोर्ट, टच आइडी सहितको म्याजिक किबोर्ड, म्याजिक माउस तथा गिगाबिट इथरनेट समेत रहेको छ । यो मोडेलको मूल्य १४९९ डलर तोकिएको छ।

एप्पलका अनुसार नयाँ आइम्याकमा ४.५ के स्क्रिन रिजोलुसन हुनुका साथै ५०० निट्सको पिक ब्राइटेन रहेको छ । कनेक्टिभिटीको कुरा गर्दा यसमा वाइफाइ ६ ई, ब्लुटुथ ५.३ तथा चारवटा युएसबी टाइप सी पोर्ट रहेका छन् । यो आइम्याक हरियो, गुलाबी, निलो, पहेँलो, बैजनी र चाँदी रङमा उपलब्ध रहेको छ।

यो कम्प्युटरमा १०८० पिक्सेल फेसटाइम क्यामरा तथा ६ वटा स्पिकर राखिएको छ । यसमा Spatial Audio तथा Dolby Atmos को सपोर्ट छ। यो फिचरले आवाजको आउटपुटलाई उत्कृष्ट बनाउँछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार