श्रावण ४, २०८२ आइतबार July 20, 2025

प्रधानाध्यापक पदका लागि दरखास्त आव्हान

माध्यामिक तहका लागि ४४ जना प्रधानाध्यापक माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदका लागि दरखास्त आव्हान गरेको छ ।

महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) को दफा २९ क. बमोजिम पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गरिने भएकले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्ति सम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आव्हान गरिएको छ ।

कक्षा एकदेखि पाँचसम्मको आधारभूत तहमा ६ जना, कक्षा एकदेखि आठसम्मको आधारभूत तहका लागि २१ जना र माध्यामिक तहका लागि ४४ जना प्रधानाध्यापक माग गरिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुतीकरणको आधारमा प्रधानाध्यापक छनोट गरिने छ ।

महानगरले प्रधानाध्यापक रिक्त रहेको ७१ वटा सामुदायिक विद्यालयको विवरण पनि यसै सूचनासँग सार्वजनिक गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार