श्रावण ३, २०८२ शनिबार July 19, 2025

भूकम्प प्रभावित क्षेत्रमा नेटवर्कको समस्या छैन : नेपाल टेलिकम

प्रभावित क्षेत्रमा टेलिकमले निःशुल्क सिम कार्ड समेत वितरण गरिरहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले भूकम्प प्रभावित क्षेत्रमा नेटवर्कको समस्या नरहेको बताएको छ । कात्तिक १७ गते पश्चिम नेपालका जाजरकोट र पश्चिम रुकुममा आएको भूकम्प प्रभावित क्षेत्रमा कुनै पनि समस्या नरहेको टेलिकमले बताएको हो ।

यद्यपि कतिपय प्रयोगकर्ताहरूले भने नेटवर्कमा समस्या आएको गुनासो गर्दै आएका छन् । तर, टेलिकमका प्रवक्ता शोभन अधिकारीले भूकम्प प्रभावित क्षेत्रमा नेटवर्कमा समस्या नरहेको दाबी गरे ।

त्यस क्षेत्रमा टेलिकमले निःशुल्क सिम कार्ड समेत वितरण गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया