श्रावण ४, २०८२ आइतबार July 20, 2025

इथियोपियामा ७६ लाख बालबालिका विद्यालय बाहिर

‘अम्हारादेखि ओरोमिया’को बीचमा चलिरहेको द्वन्द्वले विद्यालय छाड्ने  बालबालिकाको संख्यामा उल्लेख्य वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इथियोपियामा चरम प्राकृतिक तथा  मानव निर्मित विपद्को निरन्तर सामना गर्नुपरेको कारण करिब ७६ लाख बालबालिका विद्यालय बाहिर रहेको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले शुक्रबार जनाएको छ ।

इथियोपियाको आफ्नो पछिल्लो मानवीय अवस्था प्रतिवेदनमा एजेन्सीले पूर्वी अफ्रिकी देशका विभिन्न भागमा जारी द्वन्द्वले बालबालिकाको शिक्षामा पहुँचमा नकारात्मक असर गरिरहेको जनाएको छ।

प्रतिवेदनका अनुसार ‘अम्हारादेखि ओरोमिया’को बीचमा चलिरहेको द्वन्द्वले विद्यालय छाड्ने  बालबालिकाको संख्यामा उल्लेख्य वृद्धि भएको छ।

इथियोपिया कुल ७६ लाख बालबालिका विद्यालय बाहिर रहेको प्रतिवेदनले देखाएको छ। प्रतिवेदनले अम्हारा क्षेत्रमा द्वन्द्व चलिरहेको  तनावपूर्ण  तथा अस्थिर अवस्था कायम रहेको  देखाएको छ। नियमित आवागमनमा प्रतिबन्ध कायमै रहेकाले मानवीय सहायताको प्रावधानमा कठिनाइहरू व्याप्त छन्।

युनिसेफले अम्हारा क्षेत्रीय शिक्षा ब्यूरोलाई उदृत गर्दै द्वन्द्वका कारण समस्याग्रस्त क्षेत्रका विभिन्न स्थानका २८ वटा  विद्यालयमा क्षति पुर्‍याएको जनाएको छ। जसका कारण नयाँ शैक्षिक वर्षको शिक्षा पुनः सञ्चालनमा चुनौती खडा गरेको छ।

साथै यस क्षेत्रका अन्य भागमा भारी वर्षा, हावाहुरी र बाढीका कारण दूई सय ५४ विद्यालयमा क्षति पुग्दा ९२ हजार ६०० भन्दा बढी बालबालिका प्रभावित भएको जनाइएको छ।

कोषको कमीले इथियोपियामा मानवीय प्रतिक्रियामा बाधा पुर्‍याइरहेको छ।

युनिसेफका अनुसार यसको ६७४.३ ६७ करोड ४३ लाख अमेरिकी डलर बालबालिकाका लागि मानवीय कार्य –२०२३  इथियोपियाको लागि करिव ७२  प्रतिशत कोषविहीन रहन्छ जुन मानवीय आवश्यकताहरू देशभरका कमजोर जनसंख्याहरु पुग्न कठिन स्थानहरूमा रहेका छन्।

युनिसेफले इथियोपियामा बालबालिका, किशोरकिशोरी, महिला र पुरुषहरूको मानवीय आवश्यकताहरू पूरा गर्न महत्वपूर्ण कोषको लागि अपिल गरिरहन्छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार