मंसिर १५, २०८० शुक्रबार December 1, 2023

नेपाल र अमेरिकाको संयुक्त सैनिक अभ्यास सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपाली सेना र अमेरिकी सेना प्यासिफिकको आयोजनामा सञ्चालित छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तथा अनुभव आदानप्रदानसम्बन्धी संयुक्त अभ्यास (डीआरइई–२०२३) सम्पन्न भएको छ ।

यही कात्तिक २० गतेदेखि सञ्चालित सो तालिममा विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा गरिएका एकअर्काका अनुभव आदानप्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।

तालिममा नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिलगायत बेलायत, क्यानडा, भारत, श्रीलङ्का, मालदिभ्स, मङ्गोलिया, कम्बोडियाका प्रतिनिधिको सहभागिता थियो। पाँच दिन चलेको तालिममा  काठमाडौं र चितवनमा शैक्षिक छलफल, टेबल कार्य तथा विभिन्न अभ्यास सञ्चालन गरिएको सेनाले जनाएको छ ।

 

तालिमको समापन गर्दै बलाध्यक्ष रथी सीताराम खड्काले विभिन्न प्राकृतिक प्रकोपबाट नेपाली सेनाले सिकेका पाठ, अन्य राष्ट्रमा विपद् न्यूनीकरण गर्न अपनाइएका अवधारणा र सहभागी राष्ट्रको अनुभव आदानप्रदान तथा सहकार्यले भविष्यमा आउन सक्ने प्रकोपलाई सामना गर्न र खोज, उद्धार तथा राहतका कार्यलाई सहज एवं प्रभावकारी बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरे।

विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुने उक्त तालिम अभ्यास सन् २०११ देखि सञ्चालन हुँदै आइरहेको छ । उक्त संयुक्त अभ्यासबाट मित्रराष्ट्र तथा विभिन्न निकायबीचको आपसी सहयोग, सद्भाव र समन्वयका साथै विपद् व्यवस्थापन क्षमता विकास गर्न मद्दत पुग्ने सेनाले विश्वास लिएको छ। समापन समारोहमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनको उपस्थिति थियो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार