मंसिर १६, २०८० शनिबार December 2, 2023

टिकटक बन्द गर्ने सरकारकाे निर्णयप्रति रवि लामिछानेकाे आपत्ति

‘सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टिकटक बन्द गर्ने सरकारकाे निर्णयप्रति आपत्ति जनाउनुभएकाे छ ।

सभापति लामिछानेले सामाजिक सञ्जाललाई बन्द गर्ने नभई नियमन गर्नुपर्ने बताउनुभएकाे छ । उहाँले लेख्नुभएकाे छ, ‘सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन । समस्या कन्टेन्टको हो, प्लेटफर्मकाे होइन । अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका सबै प्रयाेगकर्ता र विषय खराब छैनन् । प्राविधिकरूपमा खराबलाई नियन्त्रण गर्न सकिन्छ ।’

सभापति लामिछानेले सत्ताधारी दलकै नेताहरू भ्रष्ट भए पार्टी नै बन्द गरिदिने हाे त भनेर सरकारलाई प्रश्न गर्नुभएकाे छ । ‘यो निर्णय गर्ने सत्ताधारी दलकै कैयाैँ नेताहरू भ्रष्ट होलान् ।

के अब पार्टी नै बन्द गरिदिने हो त ? मूलधारले ढोका बन्द गरेका कैयौँ प्रतिभा सामाजिक सञ्जालबाट उदाए, मूलधारले लुकाएका कैयौँ समाचार सामाजिक सञ्जालले उजागर गरे । आजको युगमा सामाजिक सञ्जालकाे विकल्प सुधारिएकाे सामाजिक सञ्जाल हाे, उहाँले लेख्नुभएकाे छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार