मंसिर १६, २०८० शनिबार December 2, 2023

कांग्रेस नेता मल्ल भेरी नदीमा खसेर बेपत्ता

हेलिकोप्टर ल्याण्ड गर्दा खच्चरको भागदौड हुँदा एक जना भेरी नदीमा खसे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आइतबार राहत सामग्री लिएर नलगाड नगरपालिका-१३ मा आएको  हेलिकोप्टर ल्याण्ड गर्दा खच्चरको भागदौड हुँदा एक जना भेरी नदीमा खसेर बेपत्ता हुनुभएको छ ।

गत कात्तिक १७ गते मध्यरात गएको विनाशकारी भूकम्पका पीडितलाई राहत लिएर आएको हेलिकोप्टर ल्याण्ड गर्दा खच्चरको भागदौड भएको थियो । सो बेला नलगाड नगरपालिका–१३ का ५० वर्षीय केशव मल्ल भेरी नदीमा खसेर बेपत्ता हुनुभएको हो ।

भौगोलिक विकट्ता दुर्गम बस्ती मोटर बाटो नभएपछि भूकम्पपीडितलाई राहत सामग्री लिएर हेलिकोप्टर आउनेगरेको छ । बेपत्ता हुने मल्ल नेपाली कांग्रेसका वडा सभापति केशव मल्ल रहनुभएको कांग्रेका प्रवक्ता छवि पन्तले बताउनुभयो ।

बाटोमा हिडिरहेका मल्ललाई खच्चरले ठक्कर दिएपछि भेरी नदीमा खसेर उहाँ बेपत्ता हुनुभयो । भेरी नदीमा बेपत्ता मल्लको स्थानीयले खोजी कार्य जारी राखेको जनाएका छन् । नेपाली कांग्रेस जाजरकोटका प्रवक्ता पन्तले बेपत्ता मल्लको खोजी कार्यमा लाग्न स्थानीयलाई आग्रह गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार