मंसिर १६, २०८० शनिबार December 2, 2023

सडकमा छोडिएका गाईबाच्छा संरक्षण गर्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : सडकमा छोडिएका गाईबाच्छा संरक्षण गर्न माग गरिएको छ । ‘असहाय गाईबाच्छा संरक्षण अभियान’ले गाईबाच्छा संरक्षणका नाममा गाईबाच्छा जम्मा गर्ने र अस्तव्यस्त तवरले राख्ने कार्य नगर्नसमेत आग्रह गरेको छ ।

“गाईबाच्छा संरक्षणका नाममा गाईपालक किसानलाई सडकमा गाईबाच्छा छाड्न प्रेरित गर्ने संस्कारको विकास नहोस्, छाडिएका गाईबाच्छा कस्ले छाड्यो भन्ने विषयमा निगरानी राख्दै उनीहरुलाई जिम्मेवार बनाउने नीति बन्न जरुरी छ”, अभियानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । काञ्जी हाउस प्रवेश सँगसँगै उनीहरुको स्वास्थ्य परीक्षण गर्दै अलग क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्नेमा अभियानले जोड दिएको छ ।

पाँच वर्षदेखि सडकमा अलपत्र परेका गाईबाच्छाको संरक्षणका लागि ‘असहाय गाईबाच्छा संरक्षण अभियान’ कार्यरत छ । पूर्णतया स्वयंसेवी अभियानका रुपमा सञ्चालन हुँदै आएको उक्त अभियानको स्थापनापछि सडकमा अलपत्र परेका गाईबाच्छाको उद्धार तथा उनीहरुको लालनपालनको काम हुँदै आएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार