मंसिर १६, २०८० शनिबार December 2, 2023

बोरा गोदाममा आगलागी हुँदा ४० लाख बरावरको क्षति

आगलागीबाट गोदाममा रहेका सम्पुर्ण बोरा लगायतका सामग्री जलेर नष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालगञ्जको बोरा गोदाममा आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोझीस्थित एसके ट्रेडिङ्गको बोरा गोदाममा गएराति आगलागी भएको हो ।

राति करिब १२ बजेतिर लागेको आगो आज विहानीपख मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

विद्युतको तार सर्ट भएर आगलागी भएको हुन सक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट गोदाममा रहेका सम्पुर्ण बोरा लगायतका सामग्री जलेर नष्ट भएको छ । जुटको बोराको गोदाम भएका कारण आगलागी नियन्त्रणमा आउन थप समय लागेको उहाँले बताउनुभयो ।

दुई वटा बारुण यन्त्र, शसस्त्र प्रहरी र नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ४० लाख रुपियाँ बराबरको क्षति भएको एसके ट्रेडिङ्गका सञ्चालक सुरेशकुमार शाहले बताउनुभयो ।

उहाँका अनुसार गोदामभित्र रहेको ५० हजार थान ठूलो बोरा, ४५ हजार थान जुटको बोरा, ५० हजार कट्टाको बोरा, केही प्लाष्टिक बोरी र काठ जलेर नष्ट भएको छ । नेपालगञ्जमा रहेको उक्त गोदामबाट महेन्द्रनगर, धनगढी, राजापुर र पहाडी जिल्लाका लागि थोक दरमा गल्ला भर्नका लागि बोरा विक्री गर्ने गरिएको सञ्चालक शाहले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार