मंसिर १६, २०८० शनिबार December 2, 2023

‘टिकटकमाथिको प्रतिबन्ध देशको र जनताको हितमा’ – प्रदीप यादव

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय उपयुक्त मात्र छैन, समय सान्दर्भिक छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक प्रदीप यादवले टिकटकमाथि सरकारद्वारा लगाइएको प्रतिबन्ध देश र जनताको हितमा रहेको बताएका छन् ।

यादवले बुधबार एक प्रेसनोट सार्वजनिक गर्दै समाजभित्र फैलिँदै गएको विकृति, अपराधलाई नियन्त्रण गर्न र समग्रमा देशलाई एउटा ठुलो जोखिमबाट जोगाउन सरकारले चालेको कदम सह्राहनीय रहेको बताएका छन् ।

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय उपयुक्त मात्र छैन, समय सान्दर्भिक र सबै दृष्टिकोणले महत्त्वपूर्ण रहेको उनको भनाइ छ । उनले पछिल्लो समय सामाजिक सञ्जाललाई दुरुपयोग गरेर नेपालमा बसोबास गर्ने विभिन्न समुदाय, धर्म, संस्कृति र भेषभुषाका व्यक्तिहरू बिचको सामाजिक सद्भाव र पारिवारिक एकतामाथि खलल पु¥याउने काम भइरहेकाले यसलाई बन्द गरेर सरकारले निकै राम्रो कार्य गरेको बताए ।

यादवले आफू पनि टिकटक प्रयोगकर्ता रहेको तर यो बन्द गरेकोमा कुनै गुनासो नरहेको प्रस्ट पारेका छन् । बरु सरकारको कदमलाई पूर्ण समर्थन रहेको पनि उनको भनाइ छ । ‘लामो समयदेखि टिकटकमार्फत भ्रम सिर्जना गरेर आम नेपाली जनतालाई गुमराहमा पारिरहेका केही व्यक्तिले सरकारको यो कदमको विरोध गरिरहेका छन्,’ उनले भनेका छन्, ‘टिकटकमार्फत भ्रम सिर्जना गराउने, सस्तो लोकप्रियताका लागि प्रचार गराउनेहरुले यसको विरोध गरिरहेका छन् ।’

टिकटक जस्ता सामाजिक सञ्जालमार्फत बर्सेनि अर्बौँ रुपैयाँ देशबाट बाहिर गइरहेको उल्लेख गर्दै नेता यादवले टिकटकमा लाइभ बसेर गिफ्ट किन्ने र दिने परिपाटीका कारण नेपालीले दैनिक लाखौँ रुपैयाँ बर्बाद गर्दैै आएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार