काठमाडौंः पूर्व प्रधानमन्त्री तथा नेकपा (एस) का सम्मानित नेता झलनाथ खनालले दिदी यशोदा र बहिनी कुसुम खनालको हातबाट भाइटीका लगाएका छन्। नेता खनाल आज भक्तपुर पुगेर भाइ दाताराम खनालसहित दिदी र बहिनीबाट टीका ग्रहण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार दिदी र बहिनीलाई पनि शुभसाइत १०ः५१ बजे टीका लगाएका हुन् । भाइटीकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा रहे पनि आज दिनभरी भाइटीका लगाउन सकिने बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया