श्रावण ४, २०८२ आइतबार July 20, 2025

विद्यालय जाँदा किताब बोक्न नपर्ने, खाजा विद्यालयले खुवाउने

विद्यार्थीलाई सहज ढङ्गबाट अध्ययन अध्यापन गराउने नयाँ ट्रिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा रहेको एक नमुना सरकारी विद्यालयले विद्यालय अध्ययन गर्न जाँदा किताब बोक्न नपर्ने अवधारणा ल्याएपछि विद्यार्थी खुसी भएका छन् ।

गैँडाकोट नगरपालिका–८ मा रहेको कालिका नमुना माध्यमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाले विद्यालय जाँदा विद्यार्थीले किताब बोक्नु नपर्ने र यो विद्यालयले अध्ययन अध्यापनका लागि फरक अभ्यास सुरु गरेको प्रधानाध्यापक प्रजानाथ कँडेलले बताउनुभयो ।

अहिले हरेक विद्यार्थीले विद्यालय जाँदा सकिनसकि झोलाभरी पुस्तक, कपि, कलम, खाजा हालेर झोला बोकेको देखिन्छ । बालबालिकालाई भारी बोकाउन हुँदैन भनिए पनि बालबालिका गह्रङ्गो झोला बोकेर विद्यालय जान बाध्य हुनेगरेका छन् । त्यस्तो अवस्था आउन नदिन कालिका नमुना माध्यमिक विद्यालयले किताब बोक्न नपर्ने गरी व्यवस्था मिलाएको छ ।

सुरुवाती अवस्थामा विद्यालयमा कक्षा ३ सम्म पढ्ने विद्यार्थीले झोलामा किताब बोकेर विद्यालय जान नपर्ने गरी व्यवस्था मिलाएको प्रधानाध्यापक कँडेलले बताउनुभयो । अहिले सो विद्यालयले विद्यालयको हरेक कक्षामा बुक कर्नर बनाएर विद्यार्थीलाई आवश्यक पाठ्यक्रमसहितको पुस्तकहरू उपलब्ध गराउने गरेको सहायक प्रधानाध्यापक राजु पुरीले बताउनुभयो ।

यो व्यवस्था गरेपछि अहिले विद्यार्थी झोलामा कपि, कलम मात्र बोकेर विद्यालय जानेगरेका छन् । खाजा विद्यालयमा नै उपलब्ध हुन्छ । यसले विद्यार्थीलाई निकै सजिलो बनाएको कक्षा ७ मा अध्ययनरत छात्रा हरि सापकोटाले बताउनुभयो । कक्षा ३ का विद्यार्थी श्याम थापाले किताब ल्याउँदा गाह्रो हुने गरेकोमा अहिले त्यो विद्यालयले बुक कर्नर बनाएपछि किताब बोक्न नपर्ने बताउनुभयो ।

शैक्षिकसत्र २०८० बाट विद्यालयले यस्तो सुविधा विद्यार्थीलाई उपलब्ध गराउँदै आएको प्रधानाध्यापक कँडेलले बताउनुभयो । पहिले झोला गह्ङ्गो भयो भन्ने विद्यार्थी अहिले खुसी भएर विद्यालय आउनेगरेका छन् उहाँको भनाइ छ ।

बालबालिकालाई सहज सिकाइ गराउन कक्षा कोठामा नै पाठ्यपुस्तकको उपलब्धता गराउने व्यवस्था गरेको विद्यालयका प्रधानाध्यापक कँडेलको भनाइ छ । बालबालिकालाई सहज तरिकाले सिकाइ गराउन यो व्यवस्था गरेको र यो प्रभावकारी बन्दै जान थालेको छ । अरू विद्यालयले पनि सिको गर्न थालेको उहाँको भनाइ छ ।

अब आगामी शैक्षिकसत्र यस विधिलाई थप परिमार्जन गरी अझै सहज बनाउने  प्रधानाध्यापक कँडेलले बताउनुभयो । कँडेलले अहिले विद्यार्थीको घरमा एक सेट पुस्तक छ भने उनीहरूले विद्यालयमा पनि सोही किताब पढ्न व्यवस्था रहेको बताउनुभयो ।

विद्यार्थीलाई सहज ढङ्गबाट अध्ययन अध्यापनमा सरिक बनाउन विद्यालयले गरेको प्रयासलाई अभिभावकले पनि प्रशंसा गरेको अभिभावक द्रा्र्ण बनले बताउनुभयो । विद्यार्थीले ठुला झोला बोकेर विद्यालय जाँदा हुने सास्तीबाट राहत पाएको बनले बताउनुभयो ।

कालिका नमुना माध्यमिक विद्यालयले ल्याएको किताब बोक्न नपर्ने अवधारणाले यहाँको शैक्षिक गुणस्तरमा वृद्धि ल्याउने र यो अत्यन्त प्रभावकारी बन्ने गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार