मंसिर १६, २०८० शनिबार December 2, 2023

काठमाण्डौंबाट जुवातास खेल्दा खेल्दै २४ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं महानगरपालिका-२६ पवित्रनगरस्थित प्रविन गेष्ट हाउसको २०१ नम्बर कोठामा जुवातास खेलिरहेको अवस्थामा पाँचथर फालेलुङ गाउँपालिका-८ घर भएका ४२ वर्षीय सुरेन्द्र जबेगुसमेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ‍‍‍‍‍‍‍‍६२ हजार ४ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।  साथै सोही गेस्ट हाउसको पार्किङमा ओखर(जुवा) खेलिरहेको अवस्थामा पाँचथर फाल्गुनन्द गाउँपालिका-४ घर भएकी ४० वर्षीया एन्जिला लिम्बु समेत १० जनालाई नगद ४९ हजार ५ सय ५० रूपैयाँ र ८ गेडा ओखरसहित सोही प्रहरी टोलीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१३ कालिमाटीस्थित तरकारी बजारको सडक पेटीमा जुवातास खेलिरहेको अवस्थामा गोर्खा घर भई हाल कालिमाटी डेरा गरी बस्ने ३५ वर्षीय आसमान परियार समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको जनाएकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार