असार ३०, २०८१ आइतबार July 14, 2024

धनगढीबाट ८८० ग्राम चरेससहित एक वृद्ध पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः धनगढीबाट ८८० ग्राम चरेससहित एक वृद्ध पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनहेराबाट ६१ वर्षीय मोतीलाल बोहरा पक्राउ परेका हुन् । नेपाल प्रहरीका अनुसार बझाङको सुर्मा गाउँपालिका वडा नम्बर २ का बोहरा आइतबार राति पक्राउ परेका हुन्।

अस्थायी प्रहरी पोस्ट मनहेराबाट खटिएको प्रहरीले उनलाई उक्त चरेससहित पक्राउ गरेको हो। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया