श्रावण ४, २०८२ आइतबार July 20, 2025

भूकम्प प्रभावित क्षेत्रका विद्यालयमा विद्यार्थीको न्यून उपस्थिति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दुई साताअघि जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण रुकुम पश्चिमको प्रभावित क्षेत्रका विद्यालयमा विद्यार्थीको न्यून उपस्थिति देखिएको छ ।

दशैं र तिहारका लागि एक महिनाअघि बन्द गरिएका सामुदायिक विद्यालयमा सोमबार देखि पठनपाठन सुरु भएपनि विद्यार्थीको उपस्थिति न्यून देखिएको हो ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तारा प्रकाश पुन मगरले प्रभावित क्षेत्रका विद्यालयमा अस्थायी सिकाई केन्द्रमार्फत पठनपाठन सुरु गरिएको बताए पनि विद्यालयको पहिलो दिन धेरैजसो विद्यालयमा विद्यार्थीको उपस्थिति देखिएको छैन । केही विद्यालयमा भने शिक्षकको मात्रै उपस्थिति रहेको पाइएको छ ।

भूकम्पपछि विद्यालयको पठनपाठन नियमित गर्न आठबिसकोट नगरपालिकामा १ सय ३९ र सानीभेरी गाउँपालिकामा ७४ वटा अस्थायी सिकाई केन्द्र निर्माण गरिएको छ । तर सिकाई केन्द्र अझैपनि निर्माणकै क्रममा रहेकाले प्रभावित क्षेत्रका विद्यालयमा विद्यार्थीको उपस्थिति संख्या न्यून देखिएको हो । यसबाट नियमित पठनपाठन सुरु गर्न अझै साता दिन लाग्ने भेरी दोभान माध्यमिक विद्यालय चाइनाबगरका प्रधानाध्यापक पूर्ण बहादुर ओलीको भनाइ छ ।

भूकम्पले धेरैजसो विद्यालय अहिले पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । भएका विद्यालय पनि चर्किएर पठनपाठन संचालन गर्न उपयुक्त छैनन्, त्यसैले हाल पालिका र विभिन्न दातृ निकायको पहलमा अस्थायी संरचना निर्माणको काम भैरहेको छ । त्यसपछि मात्रै विद्यालयको पठनपाठन सुरु हुन्छ, प्रधानाध्यापक ओलीले भन्नुभयो ।´

रुकुम पश्चिममा भूकम्पबाट सबैभन्दा बढी आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा ठूलो क्षति पुगेको छ । शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पश्चिमको तथ्यांकअनुसार भूकम्पका कारण जिल्लाभर ५२ वटा सामुदायिक विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । ५६ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ ।

जसमध्ये सबैभन्दा बढी आठबिसकोट नगरपालिकाका विद्यालयमा भूकम्पले क्षति पुर्याएको छ । आठबिसकोटमा मात्रै २७ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने २६ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ ।

त्यस्तै सानीभेरी गाउँपालिकामा १७ वटा विद्यालय पूर्ण रुपमा क्षति हुँदा २७ वटा विद्यालयमा आंशिक क्षति भएको बताइएको छ ।

यसैगरी भूकम्पबाट जिल्लाका क्षतिग्रस्त विद्यालयका ४ सय ९४ कक्षाकोठा पूर्ण रुपमा ध्वस्त भएका छन् । भूकम्पपछि ५५ विद्यालयका शौचालयमा पूर्ण रुपमा क्षति भएको र ८३ वटा विद्यालयका शौचालयमा आंशिक क्षति भएको छ ।

गएको कात्तिक १७ गतेको भूकम्पमा परेर रुकुम पश्चिममा १८ जना विद्यार्थीको मृत्यु भएको थियो ।एनटीभी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार