श्रावण ४, २०८२ आइतबार July 20, 2025

पिकनिक खान हिडेको स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ३६ घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उदयपुरमा पिकनिक खान गएको अविभावकसहितको स्कुलको बस दुर्घटनाग्रस्त हुँदा दुई बालबालिकासहित तीन जनाको शनिबार मृत्यु भएको छ। दुर्घटनामा अन्य ३६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार स्थानीय त्रियुगा नगरपालिका वडा नम्बर ५ स्थितको अन्नपूर्ण सेकेण्डरी स्कुलको प्र ०१–०५–००१ ख ००४४ नम्बरको बस मदन भण्डारी राजमार्ग अन्तर्गत जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ स्थित अँधेरी झर्ना नजिकै दुर्घटनाग्रस्त भएको हो।

सो दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक त्रिनपा ६ का ४० वर्षीय भिखन चौधरी, ११ वर्षीय विकास चौधरी र ७ वर्षीया समियाकुमारी चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका ११ जना बालबालिकासहित १२ जनालाई थप उपचारका लागि विराटनगर पठाइएको र अन्य २४ जनाको उदयपुर अस्पतालमा नै उपचार भइरहेको चौधरीले बताउनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार