श्रावण ३, २०८२ शनिबार July 19, 2025

दूरसञ्चार सेवा प्रदायकहरुलाई ७ दिनभित्र सम्पर्कमा आउन प्राधिकरणको ताकेता

सम्पर्कमा नआए प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

आइतबार प्राधिकरणले जारी गरेको सूचना अनुसार दूरसञ्चार सेवा प्रदायकलाई सात दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको हो ।

पटक पटक सूचना जारी गर्दापनि ३० सेवा प्रदायकहरू सम्पर्कमा नआएकाले अन्तिम पटक सात दिनको म्याद राखेर सूचना जारी गरेको प्राधिकरणले जनाएको छ ।

उनीहरूले नेपाल सरकार र प्राधिकरणमा नियमानुसार बुझाउनु पर्ने अडीटेड वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समय भित्र बुझाउनु पर्नेमा सो भएको नदेखिएको प्राधिकरणले जारी सूचनामा भनिएको छ ।

उक्त अवधि भित्र सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने प्राधिकरणले बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया