श्रावण ४, २०८२ आइतबार July 20, 2025

भत्किए भवन, हिउँ पर्दा पनि चौरमै पठनपाठन !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जुम्लाको तातोपानी गाउँपालिका–७ ताम्तीको जनजागृति माद्यमिक विद्यालयमा बस्ने कक्षा कोठा नहुँदा विद्यार्थी खुला चौरमा पढ्न बाध्य भएका छन् । २०६२ सालमा बनेका तीनवटा भवन भूकम्पले भत्किएपछि माइनस तापक्रममा समेत खुला चौरमा पठनपाठन भइरहेको छ ।

२०७२ सालको भूकम्पले चर्किएका भवन गत कात्तिक २७ गतेको भूकम्पले भत्किदा पठनपाठनमा निकै कठिनाइ भएको प्रधानाध्यापक गोपाल सुनारले बताएका छन् । ‘जाजारकोटसँग सीमा जोडिएको ताम्ती क्षेत्रमा गत कातिक २७ गतेको भूकम्पले विद्यालयका भवन ध्वस्त भएका छन्, आजसम्म जेनतेन चौरमा पठनपाठन भयो तर केही दिनयता हिमपात भएपछि विद्यार्थी बिरामी पर्न थाले,’ प्रधानाध्यापक सुनारले भने ।

माइनस तापक्रममा खुला चौरमा बसेर पढ्न नसकिने भएपछि अधिकांश विद्यार्थी विद्यालय आउनै छाडेको कक्षा १० मा अध्ययनरत छात्र टेकेन्द्र बुढाले बताए । ‘चिसो बढ्दै छ, हिमपात भइरहेको छ, चौरमा बसेर पढ्न सकिँदैन, कतिपय विद्यार्थी त स्कुल आउनै छाडेका छन्,’ छात्र बुढाले भने । जनजागृति माविमा दुई गाउँ ताम्ती र बारागाउँका गरी ३ सय ३४ जना विद्यार्थी छन् । कक्षा १ देखि १० सम्म पठनपाठन भइरहेको विद्यालयमा बस्ने कोठा नभएपछि अभिभावकसमेत विद्यार्थीको भविष्यमाथि खेलबाड भएको भन्दै असन्तुष्ट बनेका छन् ।

विद्यार्थीलाई ज्ञानआर्जन गर्न विद्यालय पढाउँदा चिसोले धमाधम बिरामी भएर घर फर्कने गरेको स्थानीय भैर रावतले बताए । ‘बालबालिका घरबाटै विद्यालय जान मान्दैनन्, गए पनि कसैलाई ज्वरोले भेट्छ, कसैलाई रुघा लाग्छ,’ उनले भने, ‘विद्यालय नपठाउँ भविष्यको चिन्ता छ, पठाउँ, दण्ड दिएजस्तो हुन्छ, निकै हैरानी खेप्नुपरेको छ ।’

अहिलेको वैज्ञानिक युगमा समेत विद्यार्थीलाई बस्ने कक्षाकोठासम्म नहुनुले राज्यको शिक्षाप्रतिको दृष्टिकोण प्रस्ट हुने स्थानीय बताउँछन् ।

चारकोठे पक्की भवनमा कक्षा १ देखि ४ सम्मका विद्यार्थीलाई व्यवस्थापन गरिएको र बाँकी सबै कक्षा चौरमा सञ्चालन भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सेरबहादुर रावतले बताए । शिशु कक्षा पक्की भवनको कोलियामा सञ्चालन गरिएको उनले जानकारी दिए । जीर्ण भवन भूकम्पले भत्किएपछि विद्यालयको अवस्था दयनीय भएको उनले बताए । शिक्षाजस्तो संवेदनशील क्षेत्रमा हरिबिजोग हुँदासमेत सरोकारवालाको ध्यान नजानु लज्जाको विषय भएको उनले बताए ।

भेरिखोलाकै पुरानो शैक्षिक धरोहर जनजागृति माविको समस्या निकै ंसंवेदनशील भएको तातोपानी गाउँपालिका–७ का वडा अध्यक्ष तिलकबहादुर रावतले बताए । वडाको समिति बजेटले ठुला समस्या समाधान गर्न वडाबाट सम्भव नभएको भन्दै वडा अध्यक्ष रावतले उपल्लो निकायले ध्यान दिनुपर्ने बताए ।

गत कात्तिक १६ मा जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले दर्जनौं विद्यालयका पुराना भवन चर्किएको, तथा जनजागृति मावि ताम्ती र दुर्गा मावि लाम्रा भवन भत्किएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । अब पालिकामा विपद् व्यवस्थापन समितिको बैठक बसी विद्यालय पुननिर्माणका लागि प्रदेश र संघ सरकारसँग पहल गर्ने अध्यक्ष चौलागाईले बताए । ‘विद्यालयजस्तो संवेदनशील क्षेत्रमा जटिल समस्या देखापरेको छ, पालिकामा तत्काल छलफल गरी समस्या समाधानमा यथाशीघ्र लाग्छौं । अध्यक्ष चौंलागाईले भने । तातोपानी गाउँपालिकाको सीमाना जाजारकोटसँग जोडिएकाले भूकम्पले यो क्षेत्रका विद्यालय, घर चर्किएका छन् ।राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार