श्रावण ४, २०८२ आइतबार July 20, 2025

त्रिविमा मौसम परिवर्तनबारे शीतकालीन कक्षा सञ्चालन

विज्ञ प्राध्यापकबाट आजदेखि आगामी पुस १ गतेसम्म ११ दिनसम्म सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले हिमनदी, मौसम परिवर्तन र हिमालयीय क्षेत्रमा देखिएका पर्यावरणीय प्रभाव लगायतका विषयमा शीतकालीन कक्षा (विन्टर स्कुल) सञ्चालन गरेको छ ।

विश्वविद्यालयको जल तथा मौलम विज्ञान केन्द्रीय विभागले फ्रान्सेली अनुसन्धान तथा विकास संस्थान (आइआरडी फ्रान्स) र काठमाडौँ सेन्टर फर रिसर्च एण्ड एजुकेशन तथा एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय केन्द्र (इसिमोड) को सहयोगमा सो कक्षा सञ्चालन गरेको हो ।

रिमोट सेन्सिङ प्रविधिका माध्यमबाट हिउँ र हिमनदीको स्थलगत अध्ययन हुने सो कक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरका २५ विद्यार्थी सहभागी छन् । विज्ञ प्राध्यापकबाट आजदेखि आगामी पुस १ गतेसम्म ११ दिनसम्म सञ्चालन हुने कक्षामा सहभागी विद्यार्थीमध्ये नौ जना सगरमाथा क्षेत्रको खुम्बु क्षेत्रमा रहेको हिमनदीको तत्कालीन अध्ययन गरी फर्किएका छन् । कक्षामा भारतका दुई, पाकिस्तानका एक, भुटानका एक र थाइल्याण्डका एक विद्यार्थीसमेत संलग्न छन् ।

कक्षा सञ्चालन कार्यक्रमलाई सम्बोधन गर्दै विश्वविद्यालयका निमित्त उपकुलपति प्रा डा शिवलाल भुसालले अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यमार्फत विद्यार्थीको  सिकाइलाई थप प्रभावकारी र व्यवहारिक बनाउन यस कक्षाबाट अन्य विभागसमेत प्रोत्साहित हुनुपर्ने बताउनुभयो ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा डा विनिल अर्यालले अन्तरदेशीय शैक्षिक सहकार्यमार्फत विभागले जल तथा मौसम विज्ञान विषयको क्षेत्रमा आफ्नो अन्तर्राष्ट्रिय प्रभाव विस्तार गर्दै गइरहेको र स्थलगत अध्ययन पश्चात् सञ्चालन गरी कक्षाबाट विद्यार्थी थप लाभान्वित हुने बताउनुभयो ।

आइआरडीका प्रतिनिधि डा प्याट्रिक वागनोन र डा एडिना राकोभिटानुले विद्यार्थीलाई कक्षामा आफ्नो उत्सुकतासम्बन्धी सम्पूर्ण प्रश्न सोध्न अनुरोध गर्नुभएको थियो । विभागका प्रमुख प्रा डा दीपक अर्यालले सो कक्षा सञ्चालनले विद्यार्थीमा अध्ययन र अनुसन्धानप्रति थप आकर्षण बढाएको र स्थलगत अध्ययनमार्फत बौद्धिक क्षमताको विकास गराउनसमेत सफल भइरहेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार