श्रावण ४, २०८२ आइतबार July 20, 2025

‘दक्ष जनशक्ति उत्पादनमा विद्यालयको महत्वपूर्ण भूमिका’ : उपराष्ट्रपति यादव

विद्यालयले देशकै नाम उच्च राख्ने गरी गुणस्तरीय शिक्षा प्रदान गरेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा विद्यालयको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

भक्तपुर दरबार क्षेत्रमा रहेको श्री पद्य माध्यमिक विद्यालय एक सय वर्षमा पुगेको अवसरमा आयोजित शत वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उहाँले देशका लागि आवश्यक जनशक्ति उत्पादनमा विद्यालय लाग्नुपर्ने बताउनुभयो ।

उपराष्ट्रपति यादवले विद्यालयलाई उत्कृष्ट बनाउन विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक शिक्षिका, विद्यार्थी र अभिभावकको एकापसमा सहकार्य आवश्यक रहने बताउँदै विद्यालयले देशकै नाम उच्च राख्ने गरी गुणस्तरीय शिक्षा प्रदान गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले २०७२ को भूकम्पले क्षति गरेको विद्यालयको भवन अझै पनि पुनःनिर्माण हुन नसकेको भन्दै नगरपालिकाले नक्सा पास नगर्नु दुर्भाग्य भएको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराजा जोशी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तिलकप्रकाश कायस्थ र विद्यालयका पूर्व प्रधानाध्यापक विक्रमबहादुर कायस्थले भक्तपुरको शिक्षाको विकासमा विद्यालयले ठूलो योगदान दिएको चर्चा गर्नुभयो ।

विद्यालयका प्राचार्य राम हाडाले विद्यालय र कलेजको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै देशभरका एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयले गुणस्तरीय शिक्षाका साथै विद्यार्थीलाई अतिरिक्त एवं सामाजिक क्रियाकलापमा सहभागी गराउँदै आएको बताउनुभयो ।

कार्यक्रममा पूर्व प्रधानाध्यापक नृपतिलाल प्रधानाङ्ग, विक्रमबहादुर कायस्थ र रामगोपाल कर्माचार्यलाई सम्मान गरिएको थियो भने उत्कृष्ट छात्रछात्रालाई स्वर्ण पदकसहित सम्मान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार