श्रावण ४, २०८२ आइतबार July 20, 2025

विद्यार्थीलाई फरक पोसाक किन्न बाध्य पारे बूढानीलकण्ठले कारबाही गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः बूढानीलकण्ठ नगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोशाक भन्दा फरक पोशाक किन्न बाध्य नपार्न नगर भित्रका विद्यालय सञ्चालकहरुलाई अनुरोध गरेको छ ।

तोकिएको भन्दा फरक पोशाक किन्न लगाइएको गुनासो आएको भन्दै नगरपालिकाले कोही कसैले परिपत्र भन्दा बाहिर गएर पोशाक किन्न बाध्य पारे कारबाही गर्ने चेतावनी दिएको छ ।

क्रिसमस पर्वको पूर्वसन्ध्यामा नगरपालिकाका मेयर मिठाराम अधिकारीले सबै विद्यालयलाई प्रेषित गरेको पत्रमा भनिएको छ, ‘बुढानीलकण्ठ नगरपालिका भित्र संचालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न लगाईएको भन्ने गुनासो यस नगरपालिकामा प्राप्त भएकाले तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ । कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम भई जाने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।’

यसअघि काठमाडौँ महानगरपालिकाले यही बेहोराको सूचना जारी गरिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार