श्रावण ४, २०८२ आइतबार July 20, 2025

ईसीडी शिक्षकलाई विद्यालय संरचनाभित्र ल्याउन महासंघको सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल शिक्षक महासंघले प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ता (ईसीडी शिक्षक) लाई शिक्षकका रूपमा विद्यालय संरचनाभित्र ल्याउनुपर्ने सुझाव दिएको छ।

विद्यालय शिक्षासम्बन्धी विधेयक २०८० मा सुझाव पेस गर्दै महासंघले बालविकास तहमा प्राथमिक तृतीय सरहको दरबन्दी सिर्जना गर्नुपर्ने र कार्यरतलाई स्थायी प्रक्रियामा लैजानुपर्ने सुझाव पनि दिएको छ।

ईसीडी शिक्षकलाई विद्यालय संरचनाभित्र ल्याउन सुझाव

त्यस्तै महासंघले आधारभूत शिक्षा प्रारम्भिक बालकक्षादेखि कक्षा ८ सम्म हुनुपर्ने, आधारभूत तहको अनुमति स्थानीय तहले र माध्यमिक तहको स्थानीय तह र जिल्ला शिक्षा कार्यालयको सिफारिसमा प्रदेश निर्देशनालयले दिनुपर्ने, प्रधानाध्यापकको नियुक्ति खुला प्रतिस्पर्धाबाट गराउनुपर्ने सुझाव दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया