काठमाण्डौंः सरकारले सामुदायीक विद्यालयहरुको व्यवस्थापन र संचालनको जिम्मा स्थानीय सरकारलाई दिइए पनि प्रगतिको अवस्था सन्तोषजनक छैन । जनप्रतिनिधिले विद्यालय व्यवस्थापनमा पर्याप्त ध्यान नदिएकाले विद्यालय व्यवस्थापनमा समस्या आइरहेको गुनासो बढिरहेको छ ।
अहिले सामुदायिक विद्यालयको व्यवस्थापन पक्षको अधिकार स्थानीय सरकारहरुलाई छ । यो अधिकारको परिकल्पना विद्यालयलाई जनप्रतिनिधिले थप बलियो र राम्रो बनाउदै लग्लान् भन्ने हो । तर, जनप्रतिनिधिले सामुदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक गुणस्तर सुधारमा प्रभावकारी भूमिका नखेलेको गुनासो बढिरहेको छ । देशभरका प्राय सामुदायिक विद्यालयको भौतिक एवंम शैक्षिक गुणस्तर सन्तोषजनक छैन । जनप्रतिनिधिले प्रभावकारी समन्वय नगर्दा विद्यालय लथालिङ्ग भएको भनि आलोचना भइरहेका छन् ।
यस्तै समस्या भोगिरहेको सामुदायिक विद्यालय मध्येको एक हो पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका अन्तर्गत वडा नं.१४मा अवस्थित गंगा माध्यमिक विद्यालय । ७५० जना विद्यार्थी रहेको यस विद्यालयमा २४ वटा कक्षाकोठाका झ्यालहरुमा कतै त्रिपाल टाँसिएको छ त कतै झ्याल ह्वाङ्गै छन । विद्यालयको आर्थिक अवस्था कमजोर हुदाँ विद्यालय आफैले झ्याल हाल्न सक्ने अवस्था छैन । तर, स्थानीय सरकार वर्दघाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ भने नगरका विद्यालयलाई डिजिटल प्रविधिबाट सञ्चालन गर्ने तयारी रहेको बताइरहेका छन् ।
विद्यालयमा न्युनतम भौतिक पुर्वाधार समेत नरहेको यो दुरावस्थाबिच नगरप्रमुखका डिजिटल प्रविधिबाट पठनपाठन गर्ने भाषण प्रति चकित वनेको स्थानीयहरु बताउछन् ।
विद्यालयमा पूर्वाधार र अध्ययन अध्यापनको उपयुक्त वातावरण वनाउन नसक्दा विद्यालयमा पढाई खस्कदो छ ।
देशका अधिकाश सामुदायिक विद्यालयको समग्र अवस्था सुधार हुन नसक्दा सरकारलाई थप चुनौती थपिएको छ । अझ विद्यार्थी पलायनको जर्जर अवस्था देशव्यापी वन्दै गएको अवस्थाको सामना गर्न देशका सामुदायीक विद्यालयमा हुने ससाना कमिकमजोरी तत्काल व्यवस्थापन गर्न आवश्यक छ । न्यूज २४
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया