श्रावण ३, २०८२ शनिबार July 19, 2025

विद्यार्थी र शिक्षक सवार डुंगा दुर्घटना हुँदा १६ जनाको मृत्यु

८ जनाको उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतको गुजरातमा डुंगा दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। भारतीय समाचार संस्थाका अनुसार पिकनिक गएका शिक्षक र विद्यार्थीहरू सवार डुंगा गुजरातस्थित हरणी तालमा पल्टिएको हो।

यस डुंगामा २३ विद्यार्थी र चार शिक्षक सवार रहेका थिए। अहिलेसम्म सो डुंगा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको प्रहरीले जनाएको छ। अन्य ८ जनाको उद्धार गरिएको छ।

Gujarat: 14 children, two teachers dead after boat capsizes in Vadodara's  Harani lake – India TV

सो डुंगा दुर्घटनामा परी चार जना अझै बेपत्ता रहेका छन् भने भने उनीहरूको खोजतलास तथा उद्धार कार्य जारी छ। डुंगामा क्षमताभन्दा बढी यात्रु सवार भएकाले यो घटना भएको खुलेको छ।

समाचार अनुसार सो डुङ्गाको क्षमता १४ जना थिए तर २७ जनाभन्दा बढी सवार थिए। मुख्यमन्त्री भूपेन्द्र पटेलले मृतकका परिवारलाई ४ लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्।

सबै विद्यार्थी वडोदराको एक विद्यालयका थिए। दुर्घटनामा परी गम्भीर घाइते भएका विद्यार्थीलाई अस्पताल लगिएको छ। घटनास्थलमा १० भन्दा बढी एम्बुलेन्स पुगेका थिए। घटनाको जानकारी पाए लगत्तै उद्धार टोली त्यहाँ पुगेको थियो। एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार