श्रावण ३, २०८२ शनिबार July 19, 2025

सामुदायिक विद्यालयमा दिवा खाजा बन्द

बालबालिकाको स्वास्थ्य अध्ययन अध्यापन गर्ने बालबालिकाको संख्या समेत घट्न थाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रौतहट, ६ माघ । रौतहटका वृन्दावन नगरपालिकाको अधिकांश सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम बन्द भएको छ ।

सो पालिकामा विगत लामो समयदेखि कार्यकारी प्रमुख नहुँदा दिवा खाजा कार्यक्रम प्रभावित बनेको एकजना शिक्षकको भनाइ रहेको छ ।

दिवा खाजा प्रभावित बनेपछि सो पालिकाका सामुदायिक विद्यालयमा छ । विगत छ महिनादेखि उधारोमा खाजा खुवाइरहेको तर, भुक्तानी पाउन नसकेपछि उधारो दिने पसलहरुले पनि उधारो बन्द गरेपछि सो पालिकाका अधिकांश विद्यालयको दिवा खाजा कार्यक्रम प्रभावित बनेको छ ।

बालबालिकाको स्वास्थ्य अध्ययन अध्यापन गर्ने बालबालिकाको संख्या समेत घट्न थालेको शिक्षकहरूको भनाइ रहेको र पोषणलाई मध्यनजर गर्दै सरकारले प्रत्येक सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागु गरेको छ । बालबालिका कुषोषणको सिकार नहुन र विद्यालयमा नियमित उपस्थित गराउने उद्देश्यले दिवा खाजा संचालन गरेपनि वृन्दावनका समुदायिक विद्यालयमा भने, यो सेवा प्रभावकारी हुन सकेको छैन ।

वृन्दावनका एक प्रधानाध्यापकका अनुसार विगत लामो समयदेखि भुक्तानी नपाएका कारण उधारोमा खाजा खुवाउन नसकिने बताएका छन् । विगत ६ महिनामा करिब डेढ लाखको उधारो खाजा खुवाएको र सोको भुक्तानी आफ्नो खोतमा उत्पादन भएको धान बेचेर तिरेको प्रधानाध्यापकको गुनासो रहेको छ ।

उनले भने, अब कि त नगरपालिकाले उधारो मगाइदिनु पर्यो नत्र समयमै भुक्तानी दिनु पर्यो नभए हामी उधारोमा ल्याएर खाजा खुवाउन नसकिने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार