श्रावण ३, २०८२ शनिबार July 19, 2025

चीसो बढेपछि बुटवल उपमहानगर भित्रका विद्यालय तीन दिन बन्द

माघ ७ देखि ९ गतेसम्म तीन दिन विद्यालयमा जाडो विदा दिने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अत्यधिक चीसो बढेपछि बुटवल उपमहानगरपालिकाले आजदेखि तीन दिन विद्यालयहरु बन्द गराएको छ ।

चीसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने संभावनालाई मध्यनजर गरी माघ ७ देखि ९ गतेसम्म तीन दिन विद्यालयमा जाडो विदा दिने निर्णय गरेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिनुभयो । उपमहानगर भित्रका ३४ सामुदायिक, ५९ वटा संस्थागत,५ धार्मिक र ९ वटा मन्टेश्वरी सहित सबै विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म विदा दिइएको खनालले बताउनुभयो ।

बुटवलमा पुर्व प्राथमिक तहदेखि कक्षा १२ सम्म ६७ हजार २ सय ५६ जना विद्यार्थी अध्ययनरत छन ।

बुटवलले जाडो विदा दिएपनि रुपन्देहीका अन्य पालिकामा जाडो विदा नदिइंदा चीसोले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने र पठन पाठन प्रभावकारी नहुने अवस्था भएपनि अन्य पालिकाले विदा नदिएकोमा अभिभावकले गुनासो गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार