श्रावण ३, २०८२ शनिबार July 19, 2025

प्याब्सनले जाजरकोटका भूकम्प प्रभावित विद्यालयलाई ३५ लाख दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले जाजरकोटका भूकम्प प्रभावित विद्यालयलाई ३५ लाख रुपैयाँ सहयोग दिने घोषणा गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्याब्सनले भूकम्पबाट प्रभावित निजी क्षेत्रबाट सञ्चालित जाजरकोट र रुकुम पश्चिमका विद्यालयहरूलाई उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो ।

प्याब्सनका केन्द्रिय अध्यक्ष डिके ढुङ्गानाले ३५ लाख मध्ये २५ लाख निजी क्षेत्रबाट सञ्चालित विद्यालयलाई र १० लाख रुपैयाँ सामुदायिक विद्यालयलाई सहयोग गर्ने निर्णय भएको बताउनुभयो ।

उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गत निजी क्षेत्रबाट सञ्चालित विद्यालयलाई मात्र सहयोग गरेमा विभेद् जस्तो देखिने भएकाले सामुदायिक विद्यालयलाई समेत प्याब्सनले सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरूले अहिलेसम्म कुनै पनि प्रकारको सहयोग र राहत पाउन नसकेको प्रति उहाँले दुःख व्यक्त गर्नुभयो ।

प्याब्सनको कर्णाली प्रदेशस्तरीय तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्न सुर्खेत आइपुग्नुभएका अध्यक्ष ढुङ्गानाले देशको शैक्षिक स्तर माथि उकास्न सरकारले निजी र सामुदायिक दुवै क्षेत्रसँग हातेमालो गरी अगाडि बढ्न आवश्यक रहेको सुझाव दिनुभयो । उहाँले कर्णालीको भूगोल सुहाउँदो र आवश्यकतामा आधारित निजी क्षेत्रका विद्यालय मात्र होइन, विश्वविद्यालय नै स्थापना गर्न जरुरी रहेको औँल्याउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार