श्रावण ३, २०८२ शनिबार July 19, 2025

होलीका कारण यस वर्षको एसईई चैत १५ देखि मात्रै

४ लाख ८९ हजार ४ सय ४४ जना परीक्षामा सहभागी हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेबाट शुरू हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले एसईईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो ।

उहाँका अनुसार चैतको पहिलो हप्ता एसईई परीक्षा शुरू गर्ने योजना रहे पनि होली पर्व परेका कारण चैत दोस्रो हप्ताबाट परीक्षा शुरू गर्ने निर्णय भएको हो ।

उहाँले भन्नुभयो– ‘चैत पहिलो हप्ताबाट परीक्षा शुरू गर्ने योजनामा थियौं, तर होली पर्व पर्ने र सोभन्दा अघि परीक्षा नसकिने भएकाले चैत १५ गतेबाट एसईई परीक्षा गर्ने निर्णय गरेका छौं ।’

यो वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४ सय ४४ जनाले रजिस्ट्रेसन फाराम भरेका छन् ।

तीमध्ये २ लाख ४६ हजार ४ छात्र र २ लाख ४३ हजार ४ सय ४० छात्रा परीक्षामा सहभागी हुँदै छन्। यो वर्षको परीक्षामा प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत ल्याउनै पर्ने हुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार