श्रावण ४, २०८२ आइतबार July 20, 2025

भोजपुरका दुई पालिकामा स्वास्थ्य शिविर सञ्चालन

रेफर गरिएका बिरामीको नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा निःशुल्क उपचार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भोजपुरका दुई पालिकामा स्वास्थ्य शिविर सञ्चालन गरी आर्थिक अवस्था कमजोर भएका नागरिकको निःशुल्क उपचार गरिएको छ । जटिल किसिमका रोग लागेर उपचारबाट वञ्चित भएका बिरामीको हतुवागढी र आमचोक गाउँपालिकामा सञ्चालित शिविरबाट निःशुल्क शल्यक्रिया गरिएको हो ।

दुर्गम भेगका नागरिकलाई उनीहरूको घरदैलोमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले कोशी प्रदेशका सांसद विनोद बान्तावा, नोवेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरका सञ्चालक सांसद सुनील शर्मा, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई र आमचोकका अध्यक्ष अशोक राईको सहयोगमा गत पुस २३ र २४ गते निःशुल्क शिविर सञ्चालन गरिएको थियो ।

दुई पालिकामा सञ्चालन गरिएको शिविरबाट करिब दुई हजार दुई सय जनाले निःशुल्क सेवा लिएका अस्पतालका बजार व्यवस्थापक अधिकृत नवीन दाहालले बताउनुभयो । शिविरमार्फत सामान्य रोगको निःशुल्क औषधि वितरण थियो ।

शिविरका क्रममा जटिल समस्या भएका एक सय ७८ जना बिरामीलाई निःशुल्क शल्यक्रिया तथा थप उपचारका लागि रेफर गरिएको थियो । रेफर गरिएकामध्ये जटिल किसिमका बिरामीको शल्यक्रिया गरिएको दाहालले बताउनुभयो । शिविरबाट चिकित्सकसहितको टोलीले जनरल तथा मुटु रोग, प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी, दन्त, नाक कान घाँटी, न्यूरो फोक्सो, कलेजो, नसा रोगलगायतको उपचार सेवा प्रदान गर्नुका साथै औषधि वितरण गरिएको थियो ।

रिफर गरिएकामध्ये हालसम्म विभिन्न रोगका १८ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको बजार व्यवस्थापक दाहालले बताउनुभयो । सबै बिरामीको औषधिबाहेक सम्पूर्ण खर्च निःशुल्क गरिएको उहाँले जानकारी दिनुभयो ।

युरोलोजीको तीन, अर्थोपेडिक हार्डजोर्नीका चार, स्त्रीरोगतर्फ पाँच, नाक, कान तथा घाँटी एक, न्यूरो सर्जरी एक, जनरल सर्जरी तीन र मुटुको एक जनाको शल्यक्रिया गरिएको दाहालले जानकारी दिनुभयो । डेन्टलमा सात जनाको निःशुल्क उपचार भएको उहाँको भनाइ थियो । उनीहरुलाई शय्यामा भर्ना गरेर नै उपचार गरिएको अस्पतालले जनाएको छ ।

“शिविरबाट रिफर भएकामध्ये जटिल रोगका १८ बिरामीको निःशुल्क शल्यक्रिया गरेका छौँ”, दाहालले भन्नभयो, “बिरामीको औषधि र आवश्यक सामानबाहेक अस्पतालबाट शुल्क पूर्णरुपमा छुट गरेर सेवा प्रदान गरेका छौँ ।”नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदानसँगै जटिल खालका रोगको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको सांसद बान्तावाले बताउनुभयो । उहाँका अनुसार रेफर गरिएकाको नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा निःशुल्क उपचार भइरहेको छ ।

“उपचारको अभावमा रोग लुकाएर बसेका ग्रामीण भेगका गरीब तथा विपन्न परिवारलाई लक्षित गरेर निःशुल्क उपचारको व्यवस्था मिलाएका छौँ”, सांसद बान्तावाले भन्नुभयो, “डाक्टरले सिफारिस गरेका बिरामीलाई निःशुल्क शल्यक्रियाको व्यवस्था गरेका हौँ । सबैलाई सजह रुपमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।”

मुख्यरुपमा स्वाथ्य, शिक्षा, खानेपानी, सिँचाइ, कृषि, सडकसँगै अरुण र दूधकोशी नदीमा निर्माण भइरहेका पक्की पुललाई समयमा सम्पन्न गराउन पहल गरिरहेको सांसद बान्तवाले बताउनुभयो । पुल निर्माणपश्चात् आवतजावतलाई मात्र सीमित नराखेर यहाँका उत्पादनलाई बाह्य बजारसम्म पु¥याउनका लागि स्थानीय नागरिकलाई उत्पादनमुखीमा काम लाग्नका लागि उहाँले आग्रह गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार