श्रावण ४, २०८२ आइतबार July 20, 2025

डोटीमा निःशुल्क अर्थोपेडिक सर्जिकल शिविर

शिविरबाट डोटीमा लामो समयदेखि आर्थिक अभावमा विभिन्न समस्या बोकेर बस्न बाध्य नागरिक लाभान्वित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

डोटी, ११ फागुन : जिल्ला अस्पतालमा सञ्चालित पाँचदिने निःशुल्क अर्थोपेडिक सर्जिकल शिविरबाट एक हजार छ सय ८५ जना लाभान्वित भएका छन् । जिल्ला अस्पताल डोटीमा आइतबारदेखि बिहीबारसम्म आयोजना गरिएको शिविरमा एक हजार छ सय ८५ जनाको स्वास्थ्य जाँच गरिनुका साथै ७७ जनाको शल्यक्रिया गरिएको थियो ।

शिविरको आयोजना गर्नुपूर्व एक हजार तीन सय बिरामी हेर्ने लक्ष्य आयोजकले राखेको थियो । शिविरबाट डोटीमा लामो समयदेखि आर्थिक अभावमा विभिन्न समस्या बोकेर बस्न बाध्य नागरिक लाभान्वित भएको जिल्ला अस्पताल डोटीका प्रमुख डा सुजातकुमार मण्डलले बताउनुभयो ।

शिविरमा नेपाल अर्थोपेडिक अस्पताल काठमाडौँका सिनियर कन्सल्टेन्ट, वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा प्रकाश ज्ञवालीसहितको २५ जनाको टोलीले सेवा दिएको थियो । साथै हेन्डसर्जन डा क्याट्रिन हेगनले पनि सेवा दिनुभएको थियो । मेड सोलुशन फाउण्डेसन स्वीट्जरल्याण्डको सहयोग तथा रोटरी क्लब अफ काठमाडौँ, नेपाल अर्थोपेडिक अस्पताल, दिपायल सिलगढी नगरपालिका र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार