श्रावण ४, २०८२ आइतबार July 20, 2025

रास्कोटमा ‘मेयर हेल्थ केयर कार्यक्रम’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मान्म (कालीकोट), ११ फागुन : ‘मेयर हेल्थ केयर कार्यक्रम, घरमा स्वास्थ्यकर्मी साथी’ नाराका साथ सञ्चालन भएको ‘मेयर हेल्थ केयर’ कार्यक्रमबाट एक सय ३८ जनाले सेवा लिएका छन् । रास्कोट नगरपालिका–९ को फुकोटगाउँमा सञ्चालन भएको ‘मेयर हेल्थ केयर’ कार्यक्रमबाट एक सय ३८ जनाले स्वास्थ्य सेवा लिएका हुन् ।

मेयर हेल्थ केयर कार्यक्रमबाट फुकोट स्वास्थ्य चौकी सञ्चालन भएको शिविरमा एक सय ३८ सेवाग्राही सेवा लिएको नगरपालिकाका प्रमुख धर्मराज शाहीले जनाकारी दिनुभयो । “एक सय सात महिला, ३१ पुरुषले स्वास्थ्य सेवा पाउनुभएको छ”, उहाँले भन्नुभयो, “त्यसमध्ये आठजनाको मधुमेह जाँच, २४ जनाको भिडियो एक्सरे, एक सय तीन जनाले आयुर्वेद सेवा लिनुभएको छ ।”

मेयर हेल्थ केयर कार्यक्रम वर्डा न १ मा सम्पन्न एक सय तिन जनाले लिय सेवा –  Smartkarnalinewsरास्कोट नगरपालिकामा मेयर हेल्थ केयर कार्यक्रमअन्तर्गत हरेक वडामा एकजना एमबिबीएस डाक्टरसहितको टोली पुगेर जनताको स्वास्थ्य परीक्षण गरिएको नगरप्रमुख शाहीले जानकारी दिनुभयो । “नौवटा वडा भएको रास्कोटमा यस्तो शिविर एउटा वडामा वर्षमा चारपटक चल्छ”, उहाँले भन्नुभयो, “चिकित्सकले ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवतीलाई केन्द्रमा राखेर सुविधा दिइरहेका छन् ।” स्थानीयको ‘प्रेसर, सुगर’, प्रयोगशाला परीक्षणदेखि गर्भवतीको भिडियो एक्सरेसम्मका सुविधा नगरपालिकाले उपलब्ध गराउने गरेको नगरप्रमुख शाहीले जानकारी दिनुभयो ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार