श्रावण ३, २०८२ शनिबार July 19, 2025

पोखरामा बन्यो महिलामैत्री क्वारेन्टिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । महिलाका लागि छुट्टै क्वारेन्टिन बनाउने निर्णय गरेको एक महिनापछि पोखरा महानगरले ‘महिलामैत्री क्वारेन्टिन’ निर्माण गरेको छ । पोखरा ३ स्थित बुद्ध अस्पताललाई महिलाहरु मात्र बस्न मिल्ने गरी महानगरले क्वारेन्टिन बनाएको हो । क्वारेन्टिनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सबै महिला नै खटिने छन् ।

जेठको पहिलो हप्ता पोखरा महानगरले महिलाका लागि छुट्टै क्वारेन्टिन बनाउने निर्णय गरेको थियो । महिलाको सहजता र सुरक्षालाई ध्यान राख्दै कोरोना रोकथाम मूल समितिले उक्त निर्णय गरेको थियो ।

तर, निर्णय भएको करिब १ महिनासम्म पनि महिला क्वारेन्टिन कहाँ बनाउने भन्नेबारे अन्योल नै रह्यो । सुरुमा महानगरले पोखरा १७ मा महिलाका लागि छुट्टै क्वारेन्टिन बनाउने योजना बनाएको थियो । तर, वडा जनप्रतिनिधि र स्थानीयको विरोधपछि त्यहाँ महिला क्वारेन्टिन बनाउनबाट महानगर पछि हट्यो ।

‘१७ नम्बर वडामा महिला क्वारेन्टिन बनाउनका लागि उत्तम थियो । तर, त्यहाँका स्थानीयले क्वारेन्टिनमात्र बनाउन पनि अवरोध सिर्जना गरेपछि पछि हट्यौं,’ पोखरा महानगरका एक कर्मचारीले भने, ‘त्यसपछि अन्तै ठाउँ खोज्दा ढिलाइ हुन पुग्यो ।’

अहिले महिला क्वारेन्टिन बनेको बुद्ध अस्पतालमा पनि सुरुमा स्थानीयको विरोध आएको थियो । त्यहाँ महिला क्वारेन्टिन बनाउन नदिने पक्षमा स्थानीय थिए । तर, पछि महानगर उपप्रमुख, वडाध्यक्षलगायतले पहल गरेपछि मात्रै त्यहाँ क्वारेन्टिन बनाउन सहमति भएको हो ।

५० सिट क्षमताको उक्त अस्पतालको बुधबार कोरोना रोकथाम मूल समिति संयोजक तथा पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ लगायतको टोलीले निरीक्षण गरेको छ । उपप्रमुख गुरुङले तत्काललाई २० बेड क्षमताको महिला क्वारेन्टिन बनाउन निर्देशन दिएकी छिन् ।

‘क्वारेन्टिन व्यवस्थापन सोचेको भन्दा गाह्रो हुने रहेछ । व्यवस्थापन नहुँदा शौचालयदेखि सुत्नसमेत समस्या हुने रहेछ,’ उममेयर गुरुङले भनिन्, ‘महिला–पुरुष सँगै राख्दा हिंसा, बलात्कार लगायत घटना हुन थाल्यो । त्यसैले छुट्टै बनाउने निर्णय गरेका हौं ।’

परिवारसहित आउने महिलाको हकमा भने जुनसुकै क्वारेन्टिनमा पनि राख्न सकिने महानगरको भनाइ छ । ‘महिलाका लागि छुट्टै क्वारेन्टिन बनाउने भनेकै उनीहरुको सुरक्षा र सहजतालाई ध्यान दिएर हो । व्यक्तिगत रुपमा आउनेलाई मात्रै महिला क्वारेन्टिनमा राखिने छ,’ उपमेयर गुरुङले भनिन् । बिहीबार साँझसम्म क्वारेन्टिनमा भारतबाट ८ जना महिला आउने महानगरले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार